arrow

साम्प्रदायिक हमलामा १०० को ज्यान गयो 

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
mali-village.jpg

बामाको । साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा करिब १०० जना मारिएका छन् । बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभर आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।     
     
स्थानीय सुरक्षा श्रोतले सोमबार भन्यो, “अहिले सम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ, शवहरू जलेका छन् । मृतकको सङ्ख्या थप केही बढ्नसक्ने सम्भावना छ ।”     
     
कौन्डौ जिल्ला अन्तर्गत पर्ने सोबाने गाउँमा आक्रमण भएको अधिकारीहरुले एएफपीलाई बताएका छन् । सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् ।

उनीहरुले महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ