arrow

लौ रोपौं मार्सीधान !

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
BR_Jumla).jpg

जुम्ला । कुनै समय मोटो चामल भनेर हेपिएको मार्सीधान पछिल्लो समय निकै फस्टाएको छ । यसको डिमाण्ड बढ्दै गएपछि यसप्रति किसानको आकर्षण पनि बढेको हो । 

केही वर्षअघिसम्म यसको चामललाई गरीवको धान भन्ने गरिए पनि समयले फेरो काट्दै जाँदा यही मार्सीधान अहिले सबैभन्दा चर्चित बनेको छ । 

त्यसमा पनि जुम्ली मार्सीधानको महत्व अझै बढी छ । जुम्लाको तिला गाउँपालिका १ स्थित मार्सीधानको बीउ रोप्दै गरेका महिलाहरुलाई तस्वीरमा देख्न सकिने छ । 

जुम्लामा यो धान बढी फल्ने र भात मीठो हुनाका कारणले किसानहरु आकर्षित हुँदै गएका हुन् । 

राजनीतिक रुपले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले व्यवसायी दुर्गा प्रसाईंको घरमा बसेर मार्सी चामलको भात खाएपछि यसको चर्चा एकाएक चुलियो । 

हुँदाहुँदा मार्सी खाएर बालुवाटार प्रधानमन्त्री निवासभित्र छिर्न नपाइने व्यङ्ग्यसमेत गरियो । मासीधानको चामललाई पछिल्ला दिनमा भ्रष्टाचारीको भोजनसमेत पनि भन्न थालिएको छ । 

मार्सीधानको चामल तुलनात्मक रुपले महंगो छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ