arrow

माइतीघर घटनाको सरकारले नैतिक जिम्मेवारी लिन्छः गृहमन्त्री

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
badal1.JPG

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न  सरकार प्रतिबद्ध रहेको बताएका छन् । गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर स्थानीय माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे जानकारी दिँदै उनले उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिने स्पष्ट पारे ।

गृहमन्त्री थापाले भने, “शान्तिपूर्ण विरोध प्रदर्शन गरेका कारण नभई सार्वजनिक आवागमनलाई अवरोध तुल्याएकाले आन्दोलनकारीमाथि पानीको फोहरा र हल्का बल प्रयोग भएको हो, जनताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारलाई  कुण्ठित गर्ने सोच सरकारको छैन ।”

माइतीघर मण्डलमा भएको उक्त घटनाबारे छानबीन गर्न सरकार  तयार रहेको बताउँदै गृहमन्त्री थापाले पानीको फोहरा प्रयोग गरेर सार्वजनिक आवागमन खोल्न प्रयास भइरहेका बेला प्रदर्शनकारीको ढुङ्गा र इँटा प्रहारबाट सुरक्षाकर्मी घाइते भएएपछि सामान्य बल प्रयोग गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिई सोही दिनै रिहाइ गरिसकिएको जानकारी दिए ।

 राज्यले नागरिकको शान्तिपूर्ण जुलुस प्रदर्शन गर्ने तथा विरोध वा समर्थन गर्ने अधिकार दिनाको साटो  बर्बर  दमन ग¥यो भन्ने भनाइलाई कुनै पनि घटनाले पुष्टि गर्दैन भन्दै उनले सार्वजनिक आवागन गराउने र  अमनचयन ल्याउने  राज्यको दायित्व भएकाले सार्वजनिक आवागमनलाई पुनःसञ्चाल गर्ने सन्दर्भमा मात्र कारवाही गरिएको हो भने ।
 गृहमन्त्री थापाले भने ,“ राज्यको तर्फबाट होस् वा प्रदर्शनकारीबाट, कानून मिचिएको छ भने दण्डनीय हुनेछ । उक्त घटनाको आवश्यक छानबीन  शुरु गरिसकिएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ