arrow

ऋण खर्च गर्न नसक्दा करोडौ जरिवाना

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
nepali-paisa.jpg.jpeg
काठमाडौं । नेपालले विदेशी दातासँग ऋण सम्झौता गरेको रकम खर्च गर्न नसकेको कारण बर्सेनि करोडौं रुपैयाँ तिर्नुपरिरहेको छ ।
 
यसरी वर्षेनि पाँच करोड रुपैयाँभन्दा बढी रकम ऋण सम्झौता गर्ने दातालाई तिर्ने गरिएको आजको अन्नपूर्णमा सुजित महत समाचार लेख्छन् ।
 
सम्झौता गरेपछि खर्च नभए पनि ऋण दिन्छु भन्ने दातालाई प्रतिबद्धता शुल्क तिर्नुपर्ने अन्तराष्ट्रिय प्रचलन छ । प्रतिबद्धता शुल्क सम्झौतामै उल्लेख गरिएको हुन्छ ।
 
सामान्यतया ऋण रकमको दशमलव २५ देखि दशमलब ५ प्रतिशत सम्म शुल्क निर्धारण गरिएको हुन्छ । प्रतिवद्धता जनाएपछि दाताले उक्त रकम अन्यत्र परिचालन गर्न नपाउने र लिन्छु भन्ने राष्ट्रले खर्च नगर्दा यसै रहने भएकाले जरिवानास्वरुप यस्तो शुल्क लिने गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ