arrow

'कम्युनिष्टहरु धर्म, संस्कृति र परम्परा मान्दैनन् भन्ने पुष्टी भएको छ '

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
rajankc.JPG

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यले गुठी विधेयकका विषयलाई  लिएर विरोध जनाएका छन् ।   बैठकमा सांसद राजेन्द्रकुमार केसीले कम्युनिष्टहरु संविधान, कानून, धर्म, संस्कृति र परम्परा मान्दैनन् भन्ने कुरा माइतीघरमा भएको घटनाले पुष्टि गरेको आरोप लगाए ।  

उनले भने,  “संविधानमै धार्मिकस्थल र गुठीको संरक्षण गर्न पाइने व्यवस्था छ, काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानका जनता गुठी विधेयकको विरोधमा उत्रिएका छन्, गुठी विधेयकका नामा धर्म र परम्परालाई चलाउने काम भएमा सह्य हुने छैन ।”

 पितापुर्खाले धर्म र सन्तानको हितका लागि राखेको गुठीको जग्गाप्रति सरकारको दृष्टिकोण के छ भनी प्रश्न गर्दै सांसद केसीले भने, “माइतीघर घटनाबारे छानबीन  समिति बनाइयोस् । धार्मिक, सांस्कृतिक र भाषिक विविधता भएको मुलुकका रुपमा नेपालको  पहिचान छ, हाम्रो संस्कार, परम्परा हाम्रा पहिचान हुन् । विधेयकले  भयावह स्थिति उत्पन्न गराउँदै लगेकाले फिर्ता लिन हामी सरकारलाई आग्रह गर्छाँ ।”

  सांसद केसीले भनाइ राखेपछि गृहमन्त्रीले माइतीघर मण्डलको घटनाका विषयमा जानकारी दिएका थिए । त्यसलगत्तै बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म र संस्कृतिका विरुद्धमा विधेयक आएको आरोप लगाउँदै सोको विरोधमा उत्रिएका जनतामाथि सरकारले माइतीघरमा किन बर्बरतापूर्ण दमन गरेको भनी प्रश्न गरे । उनले भने, “ प्रदर्शनमा उत्रिएका जनतालाई गिरफ्तारीपछि पनि कुटपीट गरिएको छ, यो निन्दनीय कुरा हो, जनताको संवैधानिक अधिकारको हनन गर्ने काम नगरियोस् ।”

सोही दलकी पुष्पा भुसालले संस्कृति जोगाउने आन्दोलनमा भएको दमनप्रति सरकारले  क्षमा माग्नु गर्नुपर्छ भनिन् ।

 कांग्रेसकै डिला सङ्ग्रौलाले धर्म र संस्कृति जोगाउने सन्दर्भमा गुठी विधेयक फिर्ता गर  भनेर गरिएको शान्तिपूर्ण आन्दोलनमा किन धरपकड भयो भनी प्रश्न गर्दै  छानबीन होस् भनिन् ।

सोही दलका देवेन्द्रराज कँडेलले पूर्वनिर्धारित विरोधको कार्यक्रम हुँदाहुँदै किन वैकल्पिक  बाटाको व्यवस्था गरिएन भनी प्रश्न गरे।

 कांग्रेसका देवप्रसाद तिमिल्सिनाले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो अधिकार संरक्षण गर्न शान्तिपूर्ण विरोध गर्न नपाउने  कस्तो खाले लोकतन्त्रको अभ्यास हो भनी प्रश्न गर्नुभयो ।

 सोही दलकी पार्वता डिसी चौधरीले गुठी विधेयकमार्फत धर्म र संस्कृतिमाथि आक्रमणको प्रयास भएको आरोप लगाइन् ।

सङ्घीय समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठले संस्कृति र परम्परा मास्ने ढङ्गबाट संविधान विपरीत  गुठी विधेयक आएको आरोप लगाउँदै सोको विरोधमा उत्रिएका जनतामाथि निर्मम ढङ्गबाट बल प्रयोग भएको भनी सरकारले यसमा माफी माग्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ