arrow

कांग्रेस नेता बुर्लाकोटीको निधन, पौडेलले ओढाए पार्टीको झण्डा

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ पार्टीका स्थानीय नेता राजाराम बुर्लाकोटीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
 
कांग्रेसले स्व बुर्लाकोटीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । पार्टीका क्रियाशील सदस्य बुर्लाकोटीको ५३ वर्षको उमेरमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।  
 
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यसअघि कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उgको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
 
स्व बुर्लाकोटी नेपाल शिक्षक सङ्घमा आबद्ध रही शिक्षा क्षेत्रमा समेत योगदान पुर्‍याउनुका साथै कांग्रेसले सञ्चालन गरेको हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ