arrow

बिजय माल्यासँग दर्शकले यसरी मागे पैसा

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
bijaya-mailiya.jpg

काठमाडौं । आइतबार भारतले विश्वकपमा अष्ट्रेलियालाई हरायो । सो खेल हेर्नको लागि भारतीय व्यपारी विजय माल्या पनि पुगेका थिए ।  बेलायतमा बस्दै आएका उनि छोरा सिद्धार्थ माल्यासँग पुगेका थिए।
 
खेलको हरेपछि माल्याले आफ्न छोरासँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए । यसपछि मानिसहरुले उनलाई उडाउन थालेका छन् । केहि मानिसहरुले ट्वीट गरेका छन् भने केहिले मीम्स बनाएर विजय माल्यालाई ट्रोल गरेका छन् ।

किङफिसरका मालिक रहेका माल्या क्रिकेटमा पुग्दा भारतीयहरुले नारा लगाएका थिए । स्टेडियम पुगेका उनलाई भारतीय दर्शकले 'माल्या मेरा पैसा दे', 'चोर हे चोर हे गली गली मे शोर है बिजय माल्या चोर है...' भन्दै बिरोध गरेका थिए।

उनी खेल सकिएपछि फर्कने क्रममा पनि नारा लगाइएको थियो । उनिमाथि भारतका १३ वटा बैंकको ऋण नतिरी बेलायत भागेको आरोप छ। एसबिआई बैंकले नेतृत्व गरेको १३ बैंकको टोलीले उनीमाथि ऋण असुलीको मुद्दा दायर गरेका छन्।

माल्याले भारत छोडेर भागेको अस्वीकार गर्दै आएका छन्। उनले आफू भारतीय बैंकहरुको सबै पैसा तिर्न तयार भएको बताउँदै आएका छन्। भारतले बेलायत सरकार समक्ष सन् २०१७ मा माल्याको सुपुर्दगीका लागि फाइल गरेको थियो। हाल उनी धरौटीमा रिहा भइ बेलायतमा बस्दै आएका छन्।

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ