arrow

दूर्व्यसनीमा लागेका युवाहरुलाई बजेटले बेवास्ता गर्यो : नेतृ संग्रौला

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
dila-sangraula1.jpg

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ डिला संग्रौलाले सरकारको बजेट वितरणमुखी भनेको त मन्त्री र प्रधानमन्त्रीमुखी रहेको आरोप लगाएकी छिन् । यो बजेटलाई प्रतिपक्षबाटै पनि कसैले काजगको घोडा, कसैले कागजको सिरानी, कसैले कर्मकाण्डी भनेको भएपनि यसको वास्तविक चरित्र त त्यो पनि हुन नसकेको बताएकी हुन् । 

नेतृ संग्रौलाले आफैंले पनि यसलाई वितरणमुखी भन्ने सम्झिएकोमा त्यो बजेटको स्वरुप त वितरणमुखी भन्दापनि बढी मन्त्रीमुखी र प्रधानमन्त्रीमुखी रहेको बताएकी हुन् । नेतृ संग्रौलाले भनिन् युवा तथा खेलकूद, शहरी विकास तथा अर्थमन्त्रालयका बजेट हेरेर के रहेछ वितरणमुखी बुँदाहरु भनेर हेरेँ । सुरुमा केही पनि पाईन, फेरि पल्टाउँदै गएँ, कतैपनि वितरणमुखी बजेट पाईन । पछि हेर्दैजाँदा यसको रहस्य त अर्कै रहेछ । यो वितरणमुखी र कर्मकाण्डी केही पनि होईन । यो त मन्त्रीमुखी र प्रधानमन्त्रीमुखी रहेछ ।

यो बजेटले गरिब र मजदूरलाई छुन सकेको नसकेको भन्दै सरकारले हिमाल, पहाड र तराईलाई जोड्ने भन्दा पनि विभेद गर्नेखालको बजेट ल्याएको आरोप लगाए । यो विनियोजित बजेटलाई हेर्दा युवा तथा खेलकूद मन्त्रालयको यो वजेटमा युवाहरुको जोश तथा जाँगरलाई सम्बोधन र सम्मान गर्ने नारा केवल नारामा मात्रै सीमित हुने खालको देखिएको बताएकी छिन् । आज लाखौं नेपालीहरु नेपालमा रोजगारी नपाएर विदेशमा कामको लागि जानुपरिरहेको भन्दै नेतृ संग्रौलाले ती नेपालीहरुलाई यो बजेटले छुन नसकेको आरोप लगाएकी छिन् । 

अहिले नेपालको विडम्बना पढेलेखेकाहरु नेपालमा बस्न नमान्ने र नेपालमा भएका केही युवाहरु पनि कूलत र दूव्र्यसनीमा लागेकाले त्यस्ता दूव्र्यसनीमा फसेकाहरुलाई सरकारले सम्बोधन गर्न नसकेको उनको भनाई छ । तिनीहरुलाई दूव्र्यसनीबाट मुक्त गराउनको लागि बजेटमा व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । उनले युवा स्वरोजगार कार्यक्रमलाई सात वटै प्रदेशमा विस्तार गरी यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् । युवाहरुलाई अब माछा दिने नभई माछामार्ने बल्छी दिनुपर्नेमा उनले जोड दिएकी छिन् । जनतालाई खेलकूलप्रति आकर्षण बढाउनको लागि विशेष कार्यक्रमहरु आवश्यक रहेको पनि उनले बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ