arrow

जिर्ण सेफ्टी ट्याङ्की भासिएर चार विद्यार्थीको मृत्यु

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ जेठ २८ मंगलबार
dead2.jpg

दार्चुलाको नौगाढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको सेफ्टी ट्याङ्की भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ। दार्चुला प्रहरीका अनुसार विद्यालय ग्राउन्डमा रहेको शौचालयको सेफ्टी ट्याङ्की भासिँदा चार विद्यार्थी बालबालिकाको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीका अनुसार अपराह्न करिब चार बजे सेफ्टी ट्याङ्कीमाथि खेलिरहँदा ट्याङ्की भासिएको थियो र सो घटनामा चार बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना, कक्षा २ मै पढ्ने ८ वर्षकी अनिसा धामी, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी र बाल कक्षामा पढ्ने वर्ष ५ की युनिका ठगुन्ना छन् । अपरान्ह ४ बजेतिर खेल्दै विद्यालय पुगेका उनीहरु पुरानो शौचालयको खाल्डोमा खसेका थिए। अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिए।

विद्यालयका शिक्षक जगतसिंह चैसिरले खाल्डोमा खसेका चारै जना विद्यार्थीको शव खाल्डो बाहिर निकालिएको बताए। ‘पुरानो शौचालयको खाल्डोमा बालबालिका परेछन्। खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भयो,’ उनले भने, ‘खाल्डो छोप्ने सिमेन्टको ढक्कन थियो त्यो पनि खाल्डोमा खसेछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ