arrow

अदालतले सुनायो सात वर्ष जेल सजाय, तिवारीले जेल भित्रै गरे विष सेवन

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
prisoner-jail.jpg

बाँके । बाँके जिल्ला कारागारका कैदी सुनिल तिवारीले मंगलबार कारागार भित्रै विष सेवन गरेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ करमोहना घर भएका  तिवारीले जेल भित्रै विष सेवन गरेका हुन् ।

लागुऔषध काण्डमा जेल सजाय भोगिरहेका सुनिल दुई वर्षदेखि नेपालगञ्जस्थित कारागारमा छन् । अदालतले सुनिललाई थप सात वर्ष जेल सजाय सुनाएको छ । आज पेट दुखिरहेको छ भनेर नजिकै रहेको अस्पतालमा उपचारका लागि निस्केका तिवारीले उतैबाट विष सेवन गरेको हुन सक्ने कारागारका जेलर भरत पाण्डेले बताए ।

उनका अनुसार तिवारीको अवस्था गम्भीर छ । शिक्षण अस्पताल नेपालगञ्जको आइसियुमा राखेर तिवारीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ