arrow

विश्वकप क्रिकेटमा अष्ट्रेलिया र पाकिस्तान भिड्दै, यस्तो छ अंकतालिका

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
aus-pak.jpeg

काठमाडौं । इंगल्याण्ड र वेल्सको संयुक्त आयोजनामा जारी विश्वकप एक दिवसीय क्रिकेटमा बुधबार पाकिस्तान र अष्ट्रेलिया खेल्दैछन् । 

टन्टनमा खेल दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा दुवै टिमबीच टक्कर रहँदै आएको छ । आपसका ९ भिडन्तमा ५ मा अष्ट्रेलिया र ४ मा पाकिस्तान विजयी भएको छ । 

ओभरअल एक दिवसीयमा भने १०३ खेलमा अष्ट्रेलियाले ६७ खेल जितेको छ । जबकि ३२ खेल पाकिस्तानले जित्दा नतिजाविहीन ३ तथा बराबरी १ खेल भएको छ । 

पछिल्ला पाँच एक दिवसीय खेल हेर्ने हो भने सबै खेलमा अष्ट्रेलिया विजयी भएको छ । 

अंक तालिका
अंक तालिकामा ३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा छ । इंगल्याण्ड, भारत, अष्ट्रेलिया र श्रीलंकाको ४–४ अंक छ । 

वेष्ट इन्डिज, बंगलादेश र पाकिस्तानको ३–३ अंक छ । दक्षिण अफ्रिकाको १ अंक छ भने अफगानिस्तान अंकविहीन छ । 

तीन खेल रद्द
यो विश्वकपमा अहिलेसम्म ३ खेल रद्द भएका छन् । दक्षिण अफ्रिका र वेष्ट इन्डिज, बंगलादेश र श्रीलंका तथा श्रीलंका र पाकिस्तनबीचको खेल वर्षाले गर्दा पुरा हुन नसक्दा रद्द भए । रद्द खेलका टिमले १–१ अंक पाए । 

तीन खेल रद्द पनि कीर्तिमान हो । अहिलेसम्म एकै विश्वकपमा तीन खेल रद्द भएको थिएन । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ