arrow

गुठीको सम्पत्ति कब्जा गर्न खोज्ने सरकारलाई गगन थापाको चुनौती – स्वर्गद्धारीलाई चलाए सरकार सकिन्छ

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
gagan12.jpg

प्युठान । नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले गुठीहरुको सम्पत्ति कब्जा गर्ने नियतले गुठी सम्वन्धी ऐन बनाउन लागेको आरोप लगाएका छन् । 
 
प्युठानमा भएको पार्टीको कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दै नेता थापाले स्वर्गद्धारीलाई चलाउन खोजेमा सरकार सकिने चेतावनी दिए । 

बालुवाटारको सार्वजनिक आफ्नो नाममा बनाउने नेतालाई कारबाही नगरेको सरकारले सांस्कृतिक धरोहरहरुको सम्पत्तितर्फ आँखा लगाएको टिप्पणी गरे ।
 
सरकार जताततै कब्जाको सोँचमा रहेकाले सरकारका हरेक गलत क्रियाकलापको विरुद्धमा खवरदारी गर्न पनि उनले सबैलाई आह्वान गरे । 

ऐतिहासिक पुरातात्वीक क्षेत्र, संचार क्षेत्र, मानवअधिकार, सेनालगायतका धेरै क्षेत्रमा नियन्त्रण गर्ने नियतले सरकारले गलत कानुनहरु बनाउन लागि परेको नेता थापाको भनाई छ ।

गुठी सम्वन्धी नयाँ विधेयक पारित भएमा स्वर्गद्धारी जस्ता हजारौं संस्कृति सम्पदाहरु तहसनहस हुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ