arrow

क्रेनले उठाएर एकैदिन १०० वटासम्म कार चोरी, पक्राउ गर्दा प्रहरी झनै आश्चर्यचकित

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
crain-car.jpg

नयाँ दिल्ली । दिल्लीको सडकमा क्रेन लिएर घुमेका कार चोरहरुको विगविगी मच्चिइरहेको छ । खबर पढेर धेरैलाई अचम्म लाग्न सक्छ । तर यो सही हो कि चोरहरुले क्रेनमा कार उठाएर चोरी गर्न थालेका छन्। यसको खुलासा सेन्ट्रल डिस्ट्रिक्टमा क्रेन समेत पक्रिएका एक चोरको समूहले यस्तो खुलाशा गरेका हुन् । सोमवार साँझ डीबीजी रोड इलाकामा रोड किनारामा खडा भएका एक स्विफ्ट कारलाई क्रेनबाट उठाएर कतै लगिँदै थियो । क्रेनमा बाँधिएको कारको टायर सडकमा घिसारिएको थियो । यो देखेर प्रहरीलाई शंका लाग्यो र क्रेनमा सवार तीन आरोपीहरुलाई पक्रिएर सो विषयमा सोधपुछ सुरु गरे । उनीहरु छतरपुर निवासी घेवरराम, शाकिर र राजस्थानका जयपुर टोंक निवासी सुनील कुमार हुन् । 

सोधपुछको क्रममा एउटा सत्ययता यो भेटियो कि जुन सुनेर प्रहरीहरु समेत आश्चर्यचकित भए । आरोपीहरुलाई टीवीमा क्राइम सीरियल हेर्ने लत लागेको थियो । त्यहीँबाट जुक्ती निकालेर दिल्लीमा उनीहरुले एकै दिनमा १०० वटासम्म कार चोरी गरिसकेका थिए । उनीहरु पक्रिनु भन्दा केही समय अघिमात्रै पनि उनीहरुले एक होण्डा सिटी कार समेत चोरी गरेका थिए । उनीहरुको सम्पर्क कैयौं राज्यका गुण्डा समूहहरुसँग रहेको समेत भेटिएको छ ।  

प्रहरी अधिकृतहरुका अनुसार चोरी भएको स्विफ्ट कारका मालिक हरीश कुमार शर्माका परिवार समेत गन्नौरको सोनीपतमा बस्ने गरेका छन् । उनका जेठा दाजु सुरेन्द्र भारतीय स्थल सेनामा कार्यरत छन् । उनका पितालाई सोमबार हर्ट एट्र्याक भएपछि साँझ नै उनी जीबी पन्त अस्पतालमा पितालाई लिएर आएका थिए । त्यहाँ पितालाई भर्ना गराएर हरीश कारमा साढे चार बजे सदर बाजारका लागि निस्किएका थिए । उनलाई त्यहाँ केही जरुरी सामान लिनु थियो । रानी झाँसी रोड फ्लाइओवर मुनी एल्लो लाइन भित्र कारलाई पार्क गरेर सदर बजार गएका थिए । 

चार घण्टासम्म आफ्नो काम सम्पन्न गरिसकेपछि उनी आफ्नो कार पार्किङ स्थलमा पुगेका थिए । तर त्यहाँ उनको कार थिएन । उनलाई लाग्यो कि कार ट्राफिक प्रहरीले उठाएका हुनसक्छन् । तर, प्रहरीसँग सोधखोज गर्दा प्रहरीले कार उठाएको कुरा इन्कार गरिदियो । त्यसपछि उनले दुई घण्टासम्म यता उता कारको खोजी गरे । फेरि १०० नम्बरमा प्रहरीलाई फोन गरेर बुझ्दा थाहा भयो कि सिद्धिपुरा चौकीमा यस नम्बरको कार राखिएको छ । त्यहाँ पुगेपछि कार देखियो । जसलाई कारले उठाएर ल्याईएको थियो। 

प्रहरीकहाँ केही दिनदेखि यस्ता गुनासाहरु आउने गरेको थियो । यसको खोजीमा लागेको ट्राफिक प्रहरीलाई केही मानिसहरुले क्रेनबाट कारलाई उठाउने र त्यसलाई लिएर भाग्ने गरेको सुराकी दिएका थिए । त्यसपछि प्रहरीले डीबीजी रोड थानाका स्टाफहरुलाई उच्च सतर्कता अपनाउन भनेको थियो । हरीशको कारमा हेन्ड ब्रेकसमेत लगाइएको थियो ।  कारको पछिल्लो टायर गुडेको थिएन । क्रेनले कार लैजाने क्रममा कारको पछिल्ला दुई टायरहरु घिस्रिएको थियो । त्यहाँ गस्ती गरिरहेको हेड कन्स्टेबल सुरेन्द्र र उनका साथीलाई यसबारेमा शंका लाग्यो। उनीहरुलाई प्रहरीले त्यहीँ रोक्यो र ती तीनै जनालाई पक्राउ गर्यो । 

सोधखोजीको क्रममा थाहा भयो कि गाडीहरु यसरी चोरी गरेपछि त्यसलाई मेरठ र गाजियाबादको कबाडीलाई बेच्ने गरिएको छ । त्यहाँ गाडीलाई फोरेर त्यसको पार्टस्हरु बेच्ने गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ