arrow

बस–ट्रक जुधेर भएको दुर्घटनामा १५ जना घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७६ जेठ २९ बुधबार

प्राग। चेक गणतन्त्रको मोराभियाको राजमार्गमा बाल फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार घाइते भएकाहरुमा अधिकाँश बसमा यात्रारत बालबालिका रहेका छन्। घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। एक स्थानीय टेलिभिजनका अनुसार बसका चालकले नै ट्रकलाई ठक्कर दिएका थिए। प्रहरीले उक्त घटनाका बारेमा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएर छानबिन शुरु गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ