arrow

प्रचण्ड फेरि छलाङको तयारीमा 

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
prachanda-chitwan-2019.jpg

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक छलाङ अचम्मको छ। १० वर्षे सशस्त्र द्धन्द्धदेखि अहिलेसम्मको उनको उतारचढावलाई हेर्दा लाग्छ कि उनको छलाङ चानचुने छैन। उनी दुई पटक त प्रधानमन्त्री नै भए। हुनत उनलाई हेर्ने नजरहरु फरक फरक छन् । कोही उनलाई अस्थिर भन्छन् त कोही चतुर राजनीतिक खेलाडी भन्छन्। 

त्यसो त प्रचण्ड जसरी हतियार छाडेर शान्ति सम्झौतामा हस्ताक्षर गर्न बाहिर आए त्यो कम चुनौतीपूर्ण थिएन। उनी पहिलो पटक २०६५ सालमा प्रधानमन्त्री बनेका थिए । २०६४ सालको संविधानसभाको चुनावमा माओवादीले सबैभन्दा बढी सिट जितेपछि प्रचण्डले सरकारको नेतृत्व गरे। 

१० वर्ष सशस्त्र द्धन्द्ध गरेर जसरी फर्के तब तत्कालीन प्रधानमन्त्री एवं काँग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उनलाई नै खुल्ला छाडे। आफ्नो करियर दाउमा लगाए। कोइराला पछाडि छुटे। प्रचण्डले जालमा पारे। स्वार्थ लुटे। अनि आफूले आफूलाई घोषित गरेर शब्द निकाले राजनीतिक ‘छलाङ’। 

त्यही छलाङको सहारामा उनले ठूलै बाजी मार्न खोजेर सेनामाथि कब्जा जमाउन खोजेका थिए । तर साथ दिएन भाग्यले र राजीनामा दिनुपर्यो। अनि फेरि सडकबाट राजनीति गर्न थाले। गिरिजाप्रसादलाई पहिलो राष्ट्रपति बन्न नदिएका प्रचण्डले काँग्रेसलाई पछाडि त धकेले एमालेलाई पनि बाँकी राखेनन्। 

उनले २०६७ सालमा एमालेभित्र खेलेर तत्कालीन एमाले नेतृत्वको (माधवकुमार नेपाल) को नेतृत्वको सरकारलाई विस्थापित गरी सोही पार्टीका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन सफल भए। यसमा पनि उनले छलाङ मारे । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो दलमा खुम्चेपछि प्रचण्डले आफ्नो चतुर्याइँ छाडेनन्। 

तेस्रो दल भए पनि प्रचण्डले सत्ताको भर्याङ चढ्ने इच्छा त्याग्न छाडेनन्। संविधान जारी नहुन्जेल सत्ता बाहिर रहेका प्रचण्डले संविधान जारी भएपछि काँग्रेस र एमालेमा पानी बाराबारको स्थिति ल्याए। त्यसपछि सत्ता आकांक्षा बढाएका उनीे एमाले नेतृत्वमा सरकार बनाउने भूमिकामा देखिए । ०७२ को असोज अन्तिममा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हाले।

त्यसको सात महिनामै प्रचण्डले छलाङ मारे। त्यतिबेला उनले भनेका थिए कि ‘आपसी सहमति पालना हुनुपर्छ।’ उनले ओलीसंग भएको जेन्टलमेन एग्रिमेन्टको कुरा पनि गर्न थाले। यसले अहमति बढ्दै गयो। तब फेरि प्रचण्डले ‘राष्ट्रिय सहमति’ को छलाङका लागि आफूलाई एक कदम अगाडि बढाए।

ओलीले सत्ता छाड्न मानेनन्। अनि बजेटमै अड्को थापे। उनले आफ्नै पार्टी सहभागी सरकारको आर्थिक विधेयक असफल पारे। अविश्वासको प्रस्ताव दर्ता गरे। अनि फेरि छलाङ मारे। अनि काँग्रेससंग मिलेर सरकार चलाए। उनले २०७४ सालको स्थानीय तहको पहिलो चरणको निर्वाचन गरे। 

सहमतिअनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई उनले दोस्रो चरणको निर्वाचनका लागि सत्ता छाडे। चुनावको बहानामा उनले काँग्रेससंग गठबन्धन गरे। जित्नै नसक्ने ठाउँमा पनि जिते। यतिसम्म पनि चितवन महानगरपालिकामा उनकी छोरी रेनुलाई जिताउन काँग्रेस सभापति देउवाले उर्दी नै जारी गरे। रेनुले जितिन्। अब काँग्रेससंगको सहमति पनि उनलाई पुग्यो । तेस्रो चरणको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डले ओलीसंग सहमति गरे। 

काँग्रेसले ठूलो धोका पायो। एमाले र माओवादी मिलेपछि बहुमत कम्युनिष्टहरुको भयो। पहिलो पटक एमाले र माओवादी मिलेर नेपाली इतिहासमा पहिलो पटक कम्युनिष्टको दुई तिहाईको सरकार बन्यो। त्यसमा हालको समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी राजपाको पनि समर्थन थियो। (पछि राजपाले छाड्यो र पुनः बहुमत भयो)। 

प्रचण्डको छलाङ नै भन्नुपर्छ ०७५ साल जेठ ३ गते एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी एकीकरण गरे। ०७४ फागुनदेखि ओली सत्ताको नेतृत्वमा छन्। यो प्रचण्डलाई चित्त बुझेको छैन। प्रचण्ड नयाँ छलाङको खोजीमा छन्। उनलाई ओलीले सजिले सत्ता नदिने मनस्थिति बनाएको छनक मिलेको छ। त्यसैले उनी उकुसमुकुस छन्। 

त्यसकै ट्रेलर स्वरुप ओली भियतनाम भ्रमणमा रहेका बेलामा प्रचण्डले एकीकरणको बेला भएको ५ बुँदे सहमति सम्झाउन खोजे। आफूलाई नेतृत्व दिनुपर्ने अडान राख्न थाले। ओली फर्केर नेपाल आएपछि केही दिन आपसमा दन्तबझान गरे। ओली युरोप भ्रमणमा छन्। अनि प्रचण्ड शान्त देखिएका छन्। 

उच्च स्रोतका अनुसार प्रचण्ड चुप लागेर बस्ने मनस्थितिमा रहेका हैनन् कि नयाँ छलाङको रणनीतिमा ब्यस्त भएका हुन्। उनको छलाङ अबको नेतृत्व नै हो। त्यो छलाङ कसरी हासिल होला सोचनिय छ। ओलीको कमजोरीमाथि नै खेल्ने प्रयास भइरहेको छ। जसरी ओलीको घमण्डले नेकपाभित्र नै धेरै गुट उपगुट छन्। त्यसरी नै त्यही घमण्ड चकनाचुर पार्न प्रचण्ड फेरि ‘राष्ट्रिय सहमति’ को नाममा छलाङ मार्दैछन्। 

सरकारका काम कार्वाहीहरु गलत रुपले अघि बढिरहँदा प्रचण्डले एकताका लागि विशेष छलाङको योजना बनाइरहेको बताइएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ