arrow

अब वन्यजन्तु पनि एम्बुलेन्समा अस्पताल

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
animal-ambulance.jpg

चितवन । नेपालमै पहिलो पल्ट वनमा पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स किनेर ल्याइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले चितवनको सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि एम्बुलेन्स ल्याएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त प्रमुख रामकुमार अर्यालले वन्यजन्तुका लागि ल्याइएको एम्बुलेन्समा २५ लाख खर्च गरेको जानकारी दिए । एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा सेवा दिने अर्यालको भनाई छ ।

उनले, ‘न्यजन्तु घाइते तथा बिरामी भए उद्धारका एम्बुलेन्समा अक्सिजन, जनावरको आकारअनुसारको वन्यजन्तु राख्ने भाँडो (केज) लिएर जान्छौँ । वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्छौँ’ भनेका छन् ।

यसअघि, नेपालमा वन्यजन्तुको एम्बुलेन्समा राखी उद्धार गरिने व्यवस्था थिएन । सदर चिडियाखानासँग एम्बुलेन्स भए पनि बाहिर प्रयोगमा आएको थिएन । अस्पताल सञ्चालनमा आएपछि वन्यजन्तु संरक्षणमा थप टेवा पुग्ने संरक्षणकर्मीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ