arrow

अन्तरजातीय विवाह गरेकी प्रमिलाका श्रीमान अर्की श्रीमती लिएर फरार

सुत्केरी भएकी प्रमिलाको विचल्ली

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ जेठ २९ बुधबार
weeding-ceremony-in-nepal.jpg

पाँचथर । अन्तरजातिय विवाह गरेकी एक महिलाका श्रीमान अर्की श्रीमती लिएर फरार भएका छन् । अन्तरजातिय विवाह गरेर श्रीमानले छोडेपछि पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ४ की महिला विचलीमा परेकी हुन् । याङवरक ४ थर्पुकी १७ वर्षिया महिला प्रमिला सिवा अहिले सुत्केरी भएपछि उनी अहिले साहाराविन बनेकी छन् ।

विवाह भएको एक वर्षपछि श्रीमान् ताप्लेजुङ सिदिम्बा ४ साब्लाखुका विजय ताम्लिङ उनलाई छोडेर अर्की श्रीमती लिएर फरार भएपछि प्रमिला अहिले जिल्ला अस्पताल पाँचथमा सुत्केरी भएकी छिन् । उनको सोमबार त्यस अस्पतालमा छोरी जन्माएकी हुन् । प्रमिला र विजय ताम्लिङ वीच  ०७४ असोज २ गते अन्तरजातिय भागी विवाह गरेका थिए ।

०७५ असोज देखि विजय विदेश जाने भन्दै झापाको काँकडभिट्टा बाट सिवालाई छोडेर फरार भएका थिए । उनलाई अल्पकालिन आश्रय सहितको सेवा केन्द्र मातहत उनको निगरानी भइरहेको नेपाल जनउद्धार संघ पाँचथरका उपाध्यक्ष छेउमाँया तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ