arrow

शिक्षा शाखाको ताला खुल्यो

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
tala4.jpg

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखामा लागेको ताला खुलेको छ । विभिन्न शैक्षिक सुधारको माग राखेर विद्यार्थी संगठनहरुले लगायतको ताला सहमतिमा खोलिएको हो । तुलसीपुर उपमहानगरपालिकामा शिक्षा समिति, विद्यार्थी संगठन, प्याब्सन, एनप्याव्सन र पत्रकारका विचमा भएको सहमति अनुसार ताला खोलिएको हो ।
 
उपमहानगरपालिकाले विभिन्न सामुदायिक र संस्थागत विद्यालयले लिएको शैक्षिक र मासिक शुल्क, छात्रवृत्ति लगायतका विषयमा विवरण संकलन गरेर त्यसको अनुगमन गर्ने भएपछि सहमति भएको हो । असार ३ गतेसम्म विवरण संकलन गरेर ५ गतेबाट विद्यालय अनुगमनमा जाने गरी वैठकमा सहमति भएको छ ।  

अनुगमनका लागि शिक्षा संयोजक देवराज विकको संयोजकत्वमा समित समेत वनाइएको छ । समितिमा विद्यार्थी संगठनका प्रतिनिधि, प्याब्सन, एन प्याब्सन र शिक्षा शाखाका कर्मचारी रहेका छन् । अनुगमन समितिले सबै तथ्याङ्क ल्याएपछि नियमानुसार भए नभएको वारेमा अध्ययन गरेर आवश्यक कारवाही गरिने कुराको सहमति भएको छ ।

 छलफलमा शिक्षा संयोजक देवराज विक, सचिवालय प्रमुख मानवहादुर रावत, अनेरास्वीयुका विरवल खड्का, नेविसंघका भुपवहादुर वुढाथोकी, अखिल क्रान्तीकारीका सुवास वस्नेत, प्रेस संयोजक वसन्त आचार्य,  पत्रकार गोपाल शर्मा भट्टराई, प्याव्सन र एन प्याव्सनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ