arrow

चार संस्थाले काभ्रेको विद्यालयलाई बाँडे शैक्षिक सामग्री  

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
bitaran1.jpg

काठमाडौं । युथ फर ह्युमन राईट्स नेपाल नामक संस्था र कर्ण सकारात्मक सोचको आयोजना,  हिमालयन क्रस रोड प्रा।लि। तथा साइन्ट्रोलोजी भोल्युन्टर मिनिष्टर नेपालले संयुक्त रुपमा काभ्रेको एक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । 

ती ४ संस्थाहरुले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिका–५ मा रहेको पोखरी नारायणस्थान नि।मा।विमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ । संस्थाका अनुसार विद्यालयका करिब ९० जना विद्यार्थीहरुले सो सामग्रीहरु पाएका छन् । 

शैक्षिक सामग्रीहरु वितरणको लागि आयोजित कार्यक्रममा युथ फर ह्युमान राइट नेपाल च्याप्टरका अध्यक्ष तथा कर्ण सकरात्मक कोषका सचिव गुणराज प्याकुरेल, अन्ज लामिछाने, प्रदिप लामा, अमित थापालगायतको उपस्थिति रहेको थियो । 

साथमा सोही विद्यालयमा दन्त परीक्षण शिविर सञ्चालन गरिएको थियो । जसमा अनुपमा अधिकारी, डा।अयरा चालिसे, डा।मनिषा श्रेष्ठ, डा।आस्था पौडेललगायतको उपस्थिति थियो । कार्यक्रममा युथ फर ह्यमन राइट्सको पुस्तिका र कर्ण सकरात्मक कोषद्वारा प्रकाशित विभिन्न पुस्तीका वितरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ