arrow

कम्युनिष्ट नेताहरुले आचरण सुधार गरौ : भिम रावल

पूर्व एमाले र माओवादी बिच साठी चालिसको भागवण्डा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ जेठ २९ बुधबार
Bhim-rawal.gif.gif

बझाङ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को एकतापछि जिल्ला कमिटीलाई सपथ गराउन आएका नेकपाका स्थायी कमिटी सदस्य तथा सदूरपश्चिम ईन्चार्ज भिम रावलले कम्युनिष्टहरुले आचरण सुधार गर्नुपर्ने बताएका छन् । बुधबार नेकपाको जिल्ला कमिटी सदस्यहरुलाई सपथ गराई मन्तब्य दिनेक्रममा नेता रावलले कम्युनिष्ट हुँ भन्ने तर उनिहरुको आचरण र ब्यबहार कम्युनिष्ट जस्तो नभएकाले कम्युनिष्ट प्रतिको धारणा गलत हुदै गएको बताए ।
 
नेता रावलले भने,'हामीहरुले जहिलेपनि सर्बहारा गरिब बिपन्न तथा पछाडि परेका बर्गहरु कै हक हितका लागि भनेर भाषण गर्दै हिड्यौ तर हाम्रो ब्यबहार र कार्यशैलीले अझै गरिब निमुखा असहायहरुका लागि काम गर्न नसकेको हुदा अब सबैले यस्ता बर्ग , ब्यक्तीहरुको हक हितका लागि काम गर्नुपर्छ ।'

जिल्लामा भएको पार्टी एकताको औपचारिक कार्यक्रममा बोल्दै रावलले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ता योजनाको उपभोक्त समितीमा बसेर अनुचित फाईदा लिने गरेको जनगुनासो आउने गरेको हुदा कुनैपनि योजना कार्यक्रमका रकम दुरुपयोग गर्नाले ब्यक्ति रसंगठन कमजोर हुने बताए । कम्युनिष्ट भन्दै जाने तर  पछिल्लो समयमा भ्रष्टाचार गरि अपुत धन सम्पती आर्जन गरि सुख सयलमा बस्ने , आफुलाई माथिल्लो ओहोदाको सम्झने ब्यक्तिका कारणले पनि कम्युनिष्टको सिद्धान्त एकातिर भएको र ब्यक्ती अर्का तिर भएको बताए ।

 उनले अहिले केन्द्र , प्रदेश र स्थानीय सरकारहरुमा सबै ठाँउमा कम्युनिष्टहरुको बहुमत भएकाले यो सुनौलो अबसरको सदुपयोग गर्दै  राष्ट्रले लिएको सुखी नेपाली र समृद्ध नेपाल नारालाई साकार गर्नुपर्नेमा जोड दिए ।

 उनले थपे,'मुलुकको साशन सत्ता स्रोत साधनहहरुमा अहिले कम्युनिष्टहरुको हातमा भएकाले यदी यो अबसरको  जनचाहना अनुसार काम गर्न सकेनौ भने यसको फाईदा काँग्रेसले लिन सक्ने भन्दै यसबाट सजक भएर अब प्रत्येक ब्यक्तिको आर्थिक स्तर सुधारका लागि जोड दिनुपर्छ।' अहिलेको कम्युनिष्ट सरकारलाई जनताले नजिकबाट नियाली गरि रहेकाले हामीले संयमित भएर काम गर्नुपर्ने नेता कार्यकर्ताहरुलाई सुझाव दिए  ।

साठी चालिसको भागवण्डा गरि सपथ ग्रहण

नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बझाङका लागि पूर्व एमाले र माओवादी बिच साठी चालिसको भागवण्डा गरि एकता भएको छ । एक सय ३५ सदस्यीय  जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० जना र माओवादीबाट ५५ जना सदस्य रहेकाका छन् । जिल्ला अध्यक्ष भने पूर्व माओवादीका युवा नेता मिन कुंबर छनौट भएका छन् ।

पूर्व एमाले अध्यक्ष दिल बहादुर सिंहले आफु जिल्ला कमिटीको सचिब पदमा नबस्ने बताए पछि  प्रदेश कमिटी सदस्यमा राखेको छ । त्यसै गरि पूर्व माओवादी अध्यक्ष कलक खड्कालाई पनि  प्रदेश कमिटीमा  राखेको छ ।  सिंहको ठाउँमा सचिबमा एमाले पूर्व सचिब दमन भण्डारीलाई जिम्मेबारी दिएको नेकपा का सुदुरपश्चिम प्रदेश संयोजक भिम रावलले जानकारी दिए  ।

पूर्व एमालेबाट पूर्व जिल्ला कमिटी सदस्यहरु पुराना नेताहरुलाई हाल जिल्ला कमिटीमा राखेको छ भने पूर्व माओवादीबाट समेत भने यूवा नेताहरु समाबेस भएका छन् ।   सपथ ग्रहण कार्यक्रममा सुदूरपश्चिम ईन्चार्ज भिम रावल , नेता लेखराज भट्ट , नेता कर्ण थापा लगायतका नेताहरु टोली सुदूरपश्चिमका बिभिन्न जिल्लामा सपथ ग्रहण कार्यक्रममा हिडि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ