arrow

कावा प्रम ईश्वर पोखरेलबाट हावाहुरी पीडितको राहत वितरणमा एकीकृत भएर जान प्रदेश र स्थानीय तहलाई आग्रह

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
Ishwor-Pokharel.jpg.jpeg

काठमाडौँ । सरकारले गत साता कैलाली र कञ्चनपुरको भीषण हावाहुरीबाट प्रभावितलाई थप राहत वितरणमा एकीकृतरुपमा अघि बढ्नका लागि प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको छ ।     
     
 कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सिंहदरबारमा बसेको सरोकारवालाको बैठकले ती दुई जिल्लामा पुगेको धनजनको क्षति र अब गर्नुपर्ने राहत र सहयोगको विषयमा छलफल गरेको हो ।     
     
 पीडितका लागि थप राहतको माग गर्दै आज दुई जिल्लाका संसदले बुझाएको ज्ञापनपत्र बुझ्दै कावा प्रधानमन्त्री पोखरेलले हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेकाले र पूर्ण विवरण प्राप्त भइसकेपछि थप राहतलगायतका गर्नुपर्ने सहयोगका बारेमा नेपाल सरकारले थप निर्णय गर्ने निर्णय गर्ने बताएको उनको सचिवालयले जनाएको छ ।     
     
 उनले घाइतेका उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोतर्फबाट व्यहोर्ने व्यवस्था मिलाइएको र स्थानीयस्तरमा गर्नुपर्ने समन्वय र सहयोगका लागि नेपाल सरकारकोतर्फबाट स्थानीय प्रशासनले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरिरहेको पनि सांसदलाई जानकारी गराए ।    
     
 बैठकमा हालसम्म प्राप्त क्षतिको विवरण र नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराइएको उद्धार र राहतका बारेमा छलफलका साथै अब गर्नुपर्ने कामका सम्बन्धमा छलफल र समीक्षा भएको कावा प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 
     
 कावा प्रधानमन्त्री पोखरेलले संसदलाई सरकारले तत्काल उद्धार सम्पन्न गरेको र पुनःस्थापनाको काम शुरु भइसकेको र घाइतेको उपचार भइरहेको बताइएको छ । 

नेपाल सरकारकोतर्फबाट मृतकका नजिकका हकदारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट रु एक लाख राहत दिने, घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको तथा प्रदेश सरकारबाट मृतकका हकदारलाई रु एक लाख ५० हजार, घर पूर्ण क्षति भएका परिवारलाई रु २० हजार र घर आंशिक क्षति भएका परिवारलाई रु १० हजार दिने निर्णय भएको व्यहोरासमेत काव प्रधानमन्त्री पोखरेलले जानकारी गराए । 
     
 बैठकमा निमित्त मुख्यसचिव, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवलगायतका नेपाल सरकारका उच्च अधिकृतको उपस्थिति रहेको थियो । 

बैठकमा सांसद झपटबहादुर रावल, निरुदेवी पाल, नरबहादुर धाँमी, लक्ष्मी चौधरी, निरादेवी जैरु र विना देवी बुढाथोकीलगायत सहभागी भएको सचिवालयले जनाएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ