arrow

हावाहुरीसंगै आएको चट्याङमा परी ३९ घर जले, एक जना जलेर घाइते

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
fire.jpeg

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् ।

डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा बुधबार हावाहुरीसँगै परेको चट्याङका कारण एक जना जलेर घाइते भएका छन् । 

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । 

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

उनले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताएका छन् । 

यसैगरी बाँकेकै खजुरा गाउँपालिका–६ सिमलघारीमा पनि चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ