arrow

बार काउन्सिलकी पहिलो महिला अध्यक्षको साथी वकिलबाटै हत्या

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
darbesh-yadav-killed-lawyer.jpeg

काठमाडौं । भारतको उत्तर प्रदेश बार काउन्सिलकी पहिलो महिला अध्यक्ष चुनिएकी दरवेश यादवको आफ्नै वकिल साथीले गोली हानेर हत्या गरेका छन् । 

तीन दिन पहिले अध्यक्ष चुनिएकी यादवको बुधबार आफ्नै वकिल साथी मनिष बाबू शर्माले गोली हानेर हत्या गरेका हुन् । 

शर्माले यादवलाई गोली हानेपछि आफूलाई पनि गोली हानेका छन् । उनको नाजूक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । 

हत्याको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीलाई उधृत गर्दै भारतीय संचारमाध्यमले लेखेका छन् । 

दरवेश बार काउन्सिलका २४ सदस्यमध्ये एक एक्ली महिलासमेत रहेकी थिइन् । बुधबार दरवेशको स्वागतको कार्यक्रम सकिएपछि उनी वरिष्ठ अधिवक्ता अरबिन्दकुमार मिश्राको च्याम्बरमा बसिरहेका अवस्थामा शर्माले तीन राउन्ड फायर गरेका थिए । 

त्यसपछि आफूलाई पनि गोली हाने । दरवेश पूर्व डीएसपीकी छोरी थिइन् । बीएएलएलबी र एलएलएम गरेकी दरवेशले सन् २००४ देखि वकालत सुरु गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ