arrow

अमेरिकाले नै स्वीकार्यो मोदी भए सबै सम्भव

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
modi11.jpg

काठमाडौं । अमेरिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भए सबै सम्भव हुने स्वीकारेको छ । भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीको चुनावी नारा नै ‘मोदी भए सम्भव छ’ (मोदी है तो मुमकिन है) लाई अमेरिकाले सम्भव रहेको स्वीकारेको हो । 

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आगामी जुन २४ तारिखदेखि गर्ने भारत भ्रमण अघि प्रधानमन्त्री मोदी र विदेश मन्त्री एस जयशंकर प्रसादको प्रशंसा गरेका हुन् । 

बुधबार भारत–अमेरिका व्यापार परिषदको बैठकमा बोल्दै पोम्पियोले दुई देशबीचको सम्बन्ध मजबुद बनाउन मोदी सक्षम हुनेसमेत बताए । 

उनले विदेशमन्त्री जयशंकरकोसमेत प्रशंसा गर्दै भने, ‘आफ्नो मजबुद साथीलाई भेट्न उत्साही छु ।’

पोम्पियोले नयाँ सरकारसंग वार्ता जारी राख्ने बताए । उनले भने, ‘मोदीले दुनियाँसंग कसरी सम्बन्ध बनाउँछन् त्यो महत्वपूर्ण छ । मोदी भएपछि सम्भव छ ।’

पोम्पियोको भारत भ्रमणका क्रममा अमेरिकी ट्रम्प प्रशासनको महत्वपूर्ण एजेन्डामा छलफल हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ