arrow

गाउंब्लकलाई लालपुर्जा वितरण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ जेठ ३० बिहिबार
lalpurja.jpg

कपिलवस्तु । जिल्ला नापी कार्यालय कपिलवस्तुले जिल्लाका विभिन्न गाउंमा रहेका गाउंब्लक जग्गाको नापी कार्य सम्पन्न गरी लालपुर्जा वितरण गरेको छ । सो अन्तर्गत विहिबार बुद्धभूमी नगरपालिका वडा नं ४ मा ५२ घरधुरीलाई  जग्गाधनीको प्रमाणपत्र वितरण गरिएको हो ।

लामो समयसम्म जग्गाधनीको प्रमाणपत्र नपाएका स्थानीयहरु पुर्जा पाएसंगै खुसी भएका छन्  । वडा नं ४ की धनकुमारी भुषालले जग्गाधनी प्रमाण पाएपछि निकै नै खुशी भइन् लामो समयसम्म गाउंब्लक जग्गामा बस्दा प्रमाण पाइन्छ पाइन्न भन्ने कुनै निश्चीत थिएन बल्ल आएर आज पुर्जा पाइयो उनले भनीन । वितरण समारोहमा  नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पवन कुमार थारु, कार्यपालिका सदस्य खिमकला पाण्डेय, प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल नापी कार्यालयका टोली प्रमुख महेश कुमार यादवको सहभागिता रहेको थियो ।

जिल्लामा यो वर्ष ७ सय बढि लाई गाउंब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नापी अधिकृत मोहन बन्जाडेले बताए । जिल्लामा  वि.स २०२७ सालमा नापी भएको र सो वेलामा प्राविधिकको कमी भएको कारण गाउंमा एउटै कित्तामा नापेपछी गाउंब्लक हुन गएको र हालसम्म समस्या हुन गएको थियो ।

 वि.स २०६७ सालदेखी सूरु भएको नापी यो वर्षमा सम्पन्न हुने समेत बन्जाडेले बताए । यस वर्ष बुद्धभुमी र कपिलवस्तु नगरपालिकामा गाउंब्लकको नापी गरी प्रमाणपत्र प्रदान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ