arrow

गगन भन्छन् : 'गुणस्तर भनेको केवल अँग्रेजी भाषालाई बुझ्दा शैक्षिक क्षेत्र बेहाल भयो'

शिक्षामन्त्रीलाई चुनौति दिँदै सुनाए नेपालमा शिक्षाको बेहाल अवस्था

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
gagan_parliament.jpg

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले गुणस्तर भनेको केवल अँग्रेजी भाषालाई बुझ्दा शैक्षिक क्षेत्र बेहाल भएको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै नेता थापाले सर्लाही जिल्लामा ८३ जना विद्यार्थीको भागमा एउटा शिक्षक हुँदा भक्तपुरमा त्यो संख्या १७ जनामा सीमित रहेको भन्दै उनले २९ हजार विद्यालयमध्ये २० हजार विद्यालयमा पूर्वाधारको अभाव रहेको आँकडा सुनाए । उनले यस्तो विषयलाई ध्यान नदिएर गुणस्तर भनेको केवल अँग्रेजी भाषालाई बुझ्दा शैक्षिक क्षेत्र बेहाल भएको उनको बुझाई थियो । 

नेता थापाले सरकारले आधारभूत शिक्षामा छुट्याएको बजेट एक चौथाई विद्यार्थीको गुणस्तर सुधारमा पनि खर्च नहुने ठोकुवा गरेका छन् । उनले शिक्षामन्त्रीलाई चुनौति दिँदै एक चौथाई विद्यार्थीको गुणस्तर बृद्धिमा यो बजेट खर्च भयो भने त्यसपछि शिक्षा मन्त्रीले जे भन्नुहुन्छ त्यही मान्ने बताए । उनले ४ सय विद्यालयहरुलाई अनुदान दिने भनेकोमा गएको दुई वर्षमा एक रुपैयाँ पनि खर्च नभएको तथ्यांक देखाउँदै अब यो वर्ष के हुन्छ ? भनेर प्रश्न गरेका छन् । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको अवधारणाबारे बताईदिन आग्रह गर्दै यो कसरी खर्च हुन्छ ? भन्नेबारे पनि शिक्षा मन्त्रीसँग प्रश्न गरेका छन् ।

खेलकुद शिक्षक राख्नेर ल्याईएको बजेटले एउटा विद्यालयको भागमा जम्मा १ लाख रुपैयाँ मात्रै पर्ने र सरकारले दलित र अपांगता भएका विद्यार्थीहरुको भागमा छुट्टाएको पैसाको हिसाव गर्दा प्रतिव्यक्ति जम्मा ८५ रुपैयाँ मात्रै पाउने आँकडा पनि संसदलाई सुनाएका छन् । सरकारले खाजा भत्ता भनेर छुट्टाएको बजेटले जम्मा दिनको ११ रुपैयाँ मात्रै विद्यार्थीले पाउने भन्दै उनले अहिले देशमा ६३ हजार शिक्षकहरु आवश्यक रहेको बेलामा यस सम्बन्धी कुनैपनि अवधारणा नै नरहेको स्वयंसेवक शिक्षक भनेर त्यसमा ५ अर्ब छुट्याईएको प्रति पनि आपत्ति जनाए । 

आधारभूत शिक्षाको विषय एक पछि अर्काे संघ प्रदेश र स्थानीय तहलाई बाँडफाँड गरेको भएपनि अहिले स्थानीय तह र प्रदेशको अधिकार केन्द्रले विस्तारै खोसेर लगेको उल्लेख गरेका छन् ।  यो बजेटबाट हामी पुग्न खोजेको कहाँ हो भन्दै उनले फेरि छाता ऐनको कुरा गर्नु सान्दर्भिक नरहेको बताए । १० औं योजनादेखि छाता ऐनको बारेमा उल्लेख हुँदै आएकोमा अहिले फेरि छाता ऐनकै प्रावधान राख्नुको पछि हामीले कत्तिको त्यसमा अध्ययन गरेका छौं भन्ने उनको प्रश्न शिक्षामन्त्रीलाई थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ