arrow

भाडा बढाउने र रात्रिबस चलाउने यातायात विभागको निर्णय फिर्ता 

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
yatayat_building1.jpg

काठमाडौं । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो भाडा बढाउने गरी गरेको निर्णय राती फिर्ता लिएको छ । विहिबार साँझ अर्काे सूचना जारी गर्दै विभागले भाडा बृद्धि लगायतका विभिन्न ३ निर्णयहरु फिर्ता लिएको हो । विभागले सबैखाले सार्वजनिक सवारी साधनमा लागू हुनेगरी १२ प्रतिशतसम्म भाडा बृद्धि गरिएको थियो। 

यसका साथै विभागले उपत्यकामा रात्रिबस चलाउने सम्बन्धी निर्णय पनि फिर्ता लिएको छ । त्यस्तै रिङरोड भित्र र बाहिर पनि विभिन्न स्थानमा मालबाहक सवारीलाई प्रवेश गर्न नदिने सम्बन्धी सूचना पनि फिर्ता लिएको हो । 

दिउँसो विभागले यी ३ विषयमा निर्णय गरेको थियो । रात्रि बस सञ्चालन सम्बन्धी विषयमा त रुट नै सार्वजनिक गरिसकेको विभागले थप सोचविचार गरेर मात्रै सूचना सार्वजनिक गर्ने भनी यो निर्णय फिर्ता दिएको हो । 


No photo description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ