arrow

नबढ्ने भयो इन्टरनेटको मूल्य 

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
internet-.jpg

काठमाडौं । इन्टरनेटको मूल्य नबढ्ने भएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको बताए।

मन्त्रिपरिषद्को जेठ २३ गते बसेको निर्णय सुनाउँदै उनले बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेकाले इन्टरनेट सेवा प्रदायकले मूल्य नबढ्ने बताएको जनाए । 

 उनले अघिल्लो वर्ष सेवा प्रदायकसँग भएको सम्झौताको आधारमा यो निर्णय भएको उल्लेख गरेका छन्। यो निर्णयसँगै इन्टरनेको मूल्य नबढ्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आईएसपीएनका अध्यक्ष भोजराज भट्टले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ