arrow

तला थप्न डराए काठमाडौंबासी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
995668358.jpeg
काठमाडौँ । गोरखा भूकम्पपछि तला थप्नका लागि नक्सा पास गर्ने नागरिकको सङ्ख्या अत्यन्तै कम भएको काठमाडौँ महानगरपलिकाले बताएको छ । ‘भूकम्पअघि दैनिक तला थप गर्नका लागि आउने २० नक्सामध्ये आधाजसो तला थप्नका लागि नक्सा दर्ता हुने गरेको भए पनि अहिले मुस्किलले दैनिक एउटा मात्र आउने गरेको छ”, महानगरपालिकाका इन्जिनियर वीरबहादुर खड्काले भने । 

इन्जिनियर खड्काका अनुसार भूकम्पअघि र अहिलेमा नक्सापास गर्न आउनेको सङ्ख्यामा खासै फरक नभए पनि पछिल्लो समयमा नागरिकले तला थप्नका लागि भन्दा नयाँ आवास निर्माणका लागि नक्सा पास गर्न आउने गरेका छन् । भूकम्प जानुअघि नक्सा पासलाई औपचारिक रुपमा मात्र लिँदै आएका थिए । अहिले भने क्षेत्रफलकै आधारमा नक्सा पास गर्ने र नक्सा अनुरुपमा नै निर्माण कार्य हुँदै आएको बताइएको छ । 

गोरखा भूकम्पबाट पूर्णरुपमा भत्केका र सोही स्थानमा फेरि आवास निर्माण गर्नका काठमाडौँ महानगरपालिकाले नक्सापासमा विशेष छुटको व्यवस्था गरे पनि सोहीअनुरुप नक्सापास गर्न आउनेको सङ्ख्या कम छ भने नयाँ स्थानमा आवास निर्माणका लागि भने दैनिक २० वटासम्म नक्सापास हुने गरेको छ । 

इन्जिनियर खड्काका अनुसार भूकम्पका कारण आवास पूर्ण रुपमा भत्केको र फेरि सोही स्थानमा नै आवास निर्माण गर्न आउने नगरवासीलाई नक्सा पासका लागि ७५ प्रतिशत छुटको व्यवस्था गरेको भए पनि सोही स्थानमा निर्माणका लागि नक्सा पास गर्नेको सङ्ख्या अत्यन्तै कम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ