arrow

बझाङमा ४ म्यग्नेच्युडको भुकम्प

logo
शैलेनद्र रोकाया,
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
bhukampa_center.jpg

बझाङ।  बझाङमा  ४ म्यग्नेच्युडको भुकम्प गएको छ ।  जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको हो । शुक्रबार दिउसो १२ बजेर २२ मिनेटमा ४ म्यग्नेच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए   ।

उनले भने गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्प पछि गएका पराकम्पन भन्दा अलि फरक रहेको छ । उनले भने यसरी पटक पटक स – सना पराकम्पन जानु भनेको महाभुकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नु पर्छ ।

  यसै बर्षको सुरुवातदेखि बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्पका गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल मै भुकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरि २७ पटक भुकम्पको केन्द्र बिन्दु बनाएको र परामम्पन महसुस भएको समेत थियो  ।

 भुकम्पले जिल्लामा कुनै क्षति नगरेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए।  छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्काको महसुस गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ