arrow

मानव धर्मद्वारा देशव्यापी रक्तदान, सयौंले गरे रक्तदान

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
blood-donation1.jpg

काठमाडौं । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ । देश भरिका दर्जनौं क्षेत्र, आश्रमहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबार सांझसम्मको आंकडा अनुसार काठमाडौंमा कुल ८५ जना, नेपालगंन्जमा ८१ जना, सुर्खेतमा ३० जना रक्तदाताले रक्तदान गरेको समितिको केन्द्रीय कार्यलय गौशालाले जानकारी दिएको छ ।

देशभरिको सम्पुर्ण ठाउँको आंकडा आउन बाँकी छ । रक्तदान शनिबार पनि कतिपय आश्रम जारी रहने र आज साँझसम्म सबै क्षेत्रको रक्तदानको आंकडा आउने जनाइएको छ ।  

यस अघि पनि पटक पटक समितिले काठमाडौंका अस्पतालमा रगत अभाव भएपछि आकस्मिक रक्तदान गर्दै आएको छ । संस्थाले विभिन्न अवसर पारेर हरेक बर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको छ ।

अघिल्लो बर्ष पनि मानव धर्मका प्रणेता सद्गुरु सतपाल महाराजको जन्मोत्सव पारेर एकै दिनमा करिब १ हजार ४७ पोइन्ट ब्लड संकलन गर्न सफल भएको थियो । समिति काठमाडौं जिल्लामा अत्यधिक महिला रक्तदाताको रुपमा रक्तसंञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ