arrow

संस्कृति जोगाउन साहित्यकार पनि जाग्नुपर्छ : मोहनराज शर्मा 

logo
प्रकाशित २०७६ जेठ ३२ शनिबार
nirantar-sanibar11.jpg

काठमाडौं । निरन्तर शनिबारको नियमित रचनावाचन शृङ्खलामा अतिथिको रुपमा आएका कवि मोहराज शर्मा र गजलकार धनराज वास्तविकले आ आफ्नो रचना प्रस्तुत गरेका छन् । कार्यक्रममा साहित्यकारहरुलाई सम्बोधन गर्दै कवि शर्माले संस्कृति, संस्कार र मौलिकता जोगाउन कलम चलाउनेहरुको ठूलो भुमिका रहेको बताए । 

संस्कृतिको रक्षार्थ साहित्यकारहरु अझ सशक्त भएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । साथै, गजलकार वास्तविकले साहित्यले समाजलाई परिवर्तनको राजमार्गमा डोर्‍याउने बताएका छन् । दुबैले कार्यक्रममा आधा आधा दर्जन रचना सुनाएका छन् । 

यस शनिबारको कार्यक्रमा डिल्लीराम सुवेदीको संयोजनमा काठमाडौंको प्रदर्शनीमार्ग स्थित वाल्मीकि क्याम्पसमा भएको थियो । कार्यक्रममा- पूर्णिमा प्रतिविम्ब, केवल कार्की,  सुवास पराजुली, ईश्वर थापा, सुदर्शन शर्मा, सोझो गाउँले, उर्मिला पन्त पाण्डे, प्रज्वल अधिकारी, एरिका सुवेदी, तुल्सी गिरि, आरध्या गिरि, रत्न विरही घिमिरे, होमराज ढुङ्गेल लगायतले आ आफ्ना रचनाहरु (कविता, गीत, गजल, मुक्तक) सुनाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ