arrow

विधेयक पारित भए 'अरिङ्गाल'हरुमात्रै सुरक्षित : गगन थापा

logo
प्रकाशित २०७६ असार १ आइतबार
gagan_parliament.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले नेपालमा सरकारी पक्षधर 'अरिङ्गाल' बाहेक अरु सबै असुरक्षित रहेको बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेता थापाले पछिल्लो समय सरकार अभिव्यक्ति स्वतन्त्रताविरोधि कानून ल्याउनमा उद्दत रहेको बताएका हुन् । संसदमा दर्ता भएको मानवअधिकार, मिडिया काउन्सिल, गुठी लगायतका विधेयकहरुलाई ईंकित गर्दै नेता थापाले सरकारले अहिले दर्ता गरेको विधेयक हुबहु पारित भए त्यो अभिव्यक्ति स्वतन्त्रताको लागि भएको आन्दोलनको मर्म विपरित हुने बताएका हुन् ।  

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रयोग गरेको शब्द 'अरिङ्गाल'लाई स्मरण गर्दै नेता थापाले अहिले प्रस्तावित कानूनहरु हुबहु पारित हुने हो भने अरिङ्गालहरु मात्रै सुरक्षित हुने र अरुको अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने दाबी गरेका हुन् । 

''यो विधेयक आए सरकारका ‘अरिंगाल’ (कार्यकर्ता)हरू मात्र सुरक्षित हुन्छन्'' नेता थापाले भने ''जिस्क्याउने, होच्याउने भनेको के हो रु यस्ता शब्द राखेर यो विधेयक आयो भने कोही पनि सुरक्षित छैन । सरकारका अरिंगालहरू मात्र सुरक्षित रहनेछन् ।'' उनले सरकारी उच्च पदमा भएका व्यक्तिका आसेपासेले गर्ने गाली बेईज्जती गर्दा केही पनि नलाग्ने र सत्ता निकट नरहेकाले बोलेका सबै मानहानी हुने जस्तो कानून प्रस्ताव गरिएको बताए । 

उनले विधेयकमा प्रस्तावित विषय अस्पष्ट भएको भन्दै सूचना प्रविधि सम्बन्धी विधेयकमा उल्लेख भएको सामाजिक सन्जालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लाखसम्म जरिवाना गर्ने व्यवस्था अस्पष्ट रहेको बताए । 

एक जर्मन कवि मार्टिन नीम्योलरको भनाई उद्दृत गर्दै उनले भनेका छन् 'हिटलरका सेना आएर समाजवादीलाई लिएर जाँदा म बोलिन किनकी म समाजवादी थिइन । त्यसपछि यहूदीहरुलाई लिन आए म बोलिन, किनकी म यहूदी थिइन । त्यसपछि ट्रेड युनियनकर्मीलाई लिएर गए म बोलिन ।  किनकी म ट्रेड युनियनकर्मी थिइन । र अन्त्यमा मलाई लिएर जाने बेलामा मेरो पक्षमा कोही पनि थिएन।' अहिले सरकारले नेपालमा हिटलरकै जस्तो व्यवहार गरिरहेकोले यो स्वतन्त्रता पक्षधरहरुले आन्दोलनमा उत्रन थापाले आह्वान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ