arrow

८ अर्ब बढाएर ल्यायो प्रदेश ५ ले बजेट, पुँजीगत खर्च खुम्चिँदै

logo
प्रकाशित २०७६ असार १ आइतबार
shankar-pokharel2.JPG

काठमाडौं । प्रदेश नं ५ ले चालू आर्थिक वर्षकोभन्दा ८ अर्ब रुपैयाँ थप गरी आगामी आर्थिक वर्षको वार्षिक आय र व्यय समेटिएको बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेश सभामा पेश गरिएको बजेटमा मुख्यमन्त्री एवं आर्थिक मामला तथा योजना मन्त्री शंकर पोखरेलले ३६ अर्व ४१ करोडको बजेट पेश गरेको हो । चालू आर्थिक वर्षको लागि प्रदेशले २८ अर्ब ९ करोड रुपैयाँको बजेट ल्याएको थियो । 

यस पटकको बजेटमा प्रदेशले केही विशेष कार्यक्रमहरु ल्याएको छ । चालू खर्च भन्दा पुँजीगत खर्च धेरै रहेको सो बजेटमा पर्यटन, उद्योग र वाणिज्यको क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । औद्योगिक तथा वाणिज्य क्षेत्रको लागि २३ करोड विनियोजन गरिएको छ भने शिक्षा क्षेत्रको समग्र बजेट ७५ करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि चालु खर्च तर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगत तर्फ १६ अर्व ६२ करोड ४३ लाख ९८ हजारको बजेट प्रस्तुत गरेका थिए। जुन कूल बजेटको चालु तर्फ ४० दशमलव ८० प्रतिशत र पूँजिगत तर्फ ५९ दशमलव २० प्रतिशत हो।

तर, आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले कूल बजेटको चालू खर्च तर्फ १३ अर्व ४५ करोड छुट्याइएको छ कूल बजेटको ३६.९४ प्रतिशत हो । पुँजीगत तर्फ भने १८ अर्व ५७ करोड विनियोजन गरिएको छ जुन ५१.०१ प्रतिशत हो । बाँकी वित्तीय व्यवस्था तर्फ खर्च गर्ने भनिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ