arrow

गुठी विधेयक नसच्याए मठ मन्दिर बन्द गर्ने महन्थहरुको चेतावनी 

logo
प्रकाशित २०७६ असार १ आइतबार
janakpurdham.jpeg

काठमाडौं । सरकारले संघीय संसदमा पेश गरेको गुठी विधेयक विरुद्ध प्रदेश नं २ को जनकपुरका महन्थहरु पनि आन्दोलनमा उत्रिएका छन् । आईतबार महन्थहरुले प्रस्तावित गुठी विधेयक फिर्ता लिन माग गर्दै बाह्रबिघास्थित तुलसी स्मारकदेखि विरोध जुलुस निकालेका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई यो विधेयक फिर्ता लिन माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

सरकारले प्रस्ताव गरेको सो विधेयक विरुद्ध काठमाडौंका नेवार समुदायसँगै उपत्यका बाहिर पनि आन्दोलनहरु चलिरहेको छ । जनकपुरमा आईतबारको सो आन्दोलनको नेतृत्व रामानन्दीय वैष्णव संघका कार्यवाहक अध्यक्ष रामभजन दास वैष्णवले गरेका छन् । जसमा विभिन्न मठमा महन्थहरु सहभागि रहेका छन्। 

उनीहरुले विधेयक फिर्ता नलिए सम्पूर्ण मठ मन्दिर बन्द गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले सरकारको गलत नीतिका कारण नै सार्वजनिक जग्गा अतिक्रमणमा परेको समेत उनले बताए । उनीहरुले पितापूर्खादेखि चल्दै आएको सम्पति, पूजाअर्चना, धर्म व्यवहारमाथि सरकारले नीतिगत रुपमा हस्तक्षेप गर्न खोजेको आरोप समेत लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ