arrow

संसदमा काँग्रेस : ''सरकार आँखा नदेख्ने भएको छ, परिणाम नराम्रो आउनसक्छ''

''गौरवपूर्ण संस्कृति नासेर होलीवाईनको संस्कृति प्रतिस्थापनको बाटोमा सरकार''

logo
प्रकाशित २०७६ असार २ सोमबार
dilendra-badu.jpg

काठमाडौं । प्रतिनिधि सभामा नेपाली काँग्रेसले सोमबार पनि गुठी विधेयकको विषयमा विरोध गरेको छ । बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले यसको विरोध गरेका हुन् । विरोध पछि बोल्दै काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सरकारल गौरवपूर्ण नेपाली संस्कृति नासेर होली वाईनको संस्कृतिलाई प्रतिस्थापन गर्ने तयारीमा लागेको भन्दै यो दुखद् रहेको बताएका हुन् । 

नेपाली धर्म र संस्कृति मास्ने खालको विधेयक ल्याएर सरकारले नेपालको परापूर्व कालदेखिको धर्म र संस्कृति नामेट पार्ने प्रयास गरेको उनको आरोप छ । उनले शान्तीपूर्ण सडक आन्दोलनमा रहेका गुठियारहरुलाई सरकारले वार्ता र संवाद भन्दापनि दमनको बाटो अपनाएको भन्दै यो सरकारकै लागि घातक बन्ने चेतावनी दिए । गुठी संस्कृतिलाई सामन्तवादको अवशेष भन्ने सञ्चारमन्त्री र आवश्यक सुधार गछौं मात्रै भनी केही पनि काम नगर्ने प्रधानमन्त्रीकोबीच कुराकानी नै बाझिँदा यसले सरकारप्रति झनै आशंका थपेको उनको बुझाई छ ।

नेता बडूले काँग्रेकको तर्फबाट तत्कालै वार्ता र संवाद मार्फत् समस्याको समाधान गर्न माग गर्दै काँग्रेसको गुठियारहरुको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता रहेको बताएका छन्। उनले सरकार अहिले अन्धो भएको भन्दै त्यसै कारणले विभिन्न बाहानामा आफ्नो धर्म संस्कृति र पहिचान मास्ने काममा लागेको बताएका छन् । उनले सरकारका कारण अब स्थिति विग्रिँदै गएको भन्दै कुनैपनि नकारात्मक परिणाम आएको खण्डमा यसको जिम्मेवार सरकार आफैं बन्नुपर्ने चेतावनी उनले दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ