arrow

प्रदेश प्रमुखद्वारा घडिअर्वा पोखरीमा सुर्य गंगा आरती

धार्मिक क्रियाकलापले समाजिक सदभाव बढ्ने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार २ सोमबार
aarati.JPG

जनकपुरधाम । धार्मिक क्रियाकलापहरुले सामाजिक सदभाव बढ्ने प्रदेशनम्बर दुई का प्रदेश  प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् । बिरगंजको  धडिअर्वा पोखरीमा आईतबार सुर्य गंगा आरतीको उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले धार्मिक क्रियाकलापले समाजिक सद्भाव बढ्नुका साथै आपसी भाईचारा तथा सम्बन्धको विकास हुने समेत धारणा राखे।

यही आसार १ गतेबाट पर्साको बिरगंज  स्थित घडिअर्वा पोखरीमा शुरु भएको सुर्य गंगा आरतीलाई प्रदेश प्रमुख कायस्थले पूजापाठ तथा उद्धघाटन गर्दै शुरुवात गरेका हुन् ।

प्रदेश प्रमुख कायस्थको प्रमुख आतिथ्यमा शुरुवात गरिएको सो आरतीमा बिरगंजवासीका लागि एतिहासिक तथा महत्वपुर्ण क्षण भएको बताए । यस किसिमको धार्मिक कार्यक्रमले उर्जा मिल्ने तथा समाजमा सौहादपुर्ण वातावरणको निर्माण हुने बताए ।

सो आरती हप्ताको एक दिन अर्थात आईतबारका दिन मात्र हुने आरतीका अध्यक्ष अशोक कुमार बैधले जानकारी गराएका छन । सुर्य गंगा आरती सँचालनका लागि सेभ द हिसटोरिकल जनकपुरधामका संयोजक राम अशिष यादवले प्रेरणा दिनुभएको अध्यक्ष बैधले बताए।

आरती कार्यक्रमलाई सफल बनाउन अध्यक्ष यादवको निर्देशनमा गंगा आरतीका सकृय पुजारी तथा पण्डित दिनेश भण्डारी शास्त्रीलाई सहभागी गराईएको थियो ।

कार्यक्रममा पर्सा जिल्लाका सिडियो  नारायण प्रसाद भटराई, एसपी सौमेन्द्र सिंह राठौर, सशस्त्रका एसपी प्रेम ध्वज साह, नेपाली सेनाका श्री प्रेम ध्वज बहादुर मल्ल, भारतिय दुतावासका महाबाणिज्यदुत विसी प्रधान, नागरिक समाज तथा श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ