arrow

जन्मदिनको खर्च विद्यालयमा, विद्यार्थीले पाए कापी कलम

logo
प्रकाशित २०७६ असार २ सोमबार
bidhyalaya1.jpg

बागलुङ । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाईलाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ । तर केहीमा भने सामाजिक भावना पनि रहेको छ ।  जिल्लाको जैमिनी –७ का एक युवाले आफ्नो जन्मदिनको खर्च विद्यालयको शैक्षिक विकासका लागी खर्चिएका छन ।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह–महामन्त्री एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा आफुले पढेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

शर्माले जैमिनी नगरपालिका–७ जैदीको बोरमा रहेको भगवती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । आफुले प्राथमिक तहसम्म अध्ययन गरेको विद्यालयका विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामाग्री हस्तान्तरण गरेको शर्माले बताए । विद्यालयमा शैक्षिक सामाग्रीको साथमा एक थान कम्प्युटर कालिगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापा र शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

विद्यालयमा अन्यनरत कक्षा एक देखी पाँच सम्मका ३५ जना विद्यार्थीलाई आवश्यक कापी कलम र अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका छन । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले आफुले शैक्षिक सामाग्री प्रदान गरेको शर्माले बताए ।  विद्यार्थीको शैक्षिक उन्नतीको लागि जन्नदिन मनाउने खर्च कटाएको छु । शर्माले भने, ‘शिक्षा क्षेत्रको उन्नयनका लागि मेरो निरन्तर प्रयास रहने छ । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि कहिलै सोच्दैनौं ।’ उनले जिल्लाका अन्य सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा सहयोग प्रतिवद्धता व्यक्त गरे ।

अघिल्लो वर्ष जैदीकै सतिढुंगा माविमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । पुर्व विद्यार्थीहरुको सानो सानो सहयोगले विद्यालयमा विद्यार्थीलाई टिकाउन र उनिहरुलाई हौसला प्रदान मद्वत पुगेको विद्यालयका प्रध्यानध्यापक कृष्णराज उपाध्यायले बताए । विद्यालयका लागि यस अघि पनि पुर्व विद्यार्थी  शर्मा र स्थानिय विजय रानाको पहलमा दुई थान कम्प्युटर प्रदान गरिएको प्रअ उपाध्यायले बताए ।

विद्यालयमा तिन थान कम्प्युटर भए पनि अहिले सम्म दक्ष जनशक्तिको अभावमा संचालन हुन सकेका छैनन । शर्माले अघिल्लो वर्षको जन्मदिनमै यस विद्यालयलाय १ थान कम्प्युटर प्रदान गर्ने घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ