arrow

रिहापछि फेरी कराउन थाले भूकम्पको आतंक फैलाउने ‘ज्योतिषी’

logo
प्रकाशित २०७६ असार २ सोमबार
jotisi.JPG

काठमाडौँ । केही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्ता दिएर दर्शकहरुमा आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री फेरी कराउन थालेका छन् । उनले जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएका थिए । सो आरोपमा उनलाई प्रहरीले  पक्राउ गरेर रिहा गरेको थियो  ।

अर्जुन क्षेत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए । धेरै लामो समयदेखि अफवाह फैल्याउदै आएका उनलाई काठमाडौं गौशालाबाट पछिल्लो पटक भुकम्प आउँछ भन्दै फेरी अर्को अफवाह फैलाएपछि ज्योतिष भनिएका क्षेत्रीलाई गत २१ गते प्रहरीले हिरासतमा लिएको थियो ।

क्षेत्री रिहा भएपछि फेसबुक लाइभमा आएर बास्तबिकता यस्तो हो भन्दै दर्शक स्रोतालाई अझ तर्साएका छन् । उनको कुरा सुन्दा उनि पहिले कै जस्तो अफवाह फैल्याउन निरन्तरता दिने पक्षमा छन । उनले आफ्नो गल्ति स्वीकार्नको सट्टा आफ्नो बचाउ गर्दै मैले गरेको भविष्यवाणी सहि भएको दावी गरेका छन् ।

उनले भिडियोमा,'मैले नेपालको बिभिन्न क्षेत्रमा बिपत आउँछ भनेको थिए त्यो भई सकेको छ र ठुलो जनधनको क्षति पनि भयो। त्यस अर्थमा मेरो भविष्य सहि सावित भई सकेको छ । भूकम्प आउँछ भन्ने कुरा नमिल्न गए पनि मैले अनुमान गरेको बिपत आईसकेको छ' भनेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ