बस खोलामा खस्यो, एकको मृत्यु, ३१ घाइते
प्रकाशित मिति : २०७६ असार ३ मंगलबार

हेटौँडा । हेटौँडाबाट पथलैया जाँदै गरेको यात्रुवाहक बस हेटौँडाको चुरियामाई मन्दिरनजिक सडकबाट खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना५ख ४०१५ नम्बरको बस सडकबाट खोलामा खस्दा हेटौँडाकी २५ वर्षीया पार्वती अधिकारीको मृत्यु भएको हो ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ । उनीहरुको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
सो दुर्घटनामा छ जना गम्भीर घाइते भएकाले भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडेको बस घुम्तीमा अनियन्त्रित भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">