arrow

काँग्रेसको अवरोधका कारण सम्बोधन नगरी फर्किए प्रधानमन्त्री 

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
Pm-oli-paarliment1.jpg

काठमाडौं । नेपाली काँग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओली रोष्ट्रममा पुगेर पनि सम्बोधन नगरी फर्किएका छन् । 

मंगलबारको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले 'सार्वजनिक महत्वको विषयमा वक्तव्य' दिने कार्यतालिका थियो । तर, प्रतिपक्षी दलका नेताले पहिले बोल्न पाउनुपर्ने माग गर्दै कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको थियो।

विरोध जारी रहेपछि बैठकको नवौं मिनेटमा सभामुख कृष्णबहादुर महराले भोलिसम्मको लागि बैठक स्थगित गरेका छन् ।

Image may contain: 7 people, crowd



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ