arrow

ओली रोष्टममा रोकिए, प्रधानमन्त्रीको कुरा सुनौँ - सभामुख, प्रतिपक्षलाई पहिला : कांग्रेस

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
pm-guff.jpg

काठमाडौँ । मंगलबारको संसदमा  सभामुख कृष्णबहादुर महराले  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदलाई पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भन्दै पटक पटक आग्रह गरे  तर लगातार नेपाली कांग्रेसको नाराबाजी चलिरह्यो ।  

सभामुखले प्रतिपक्षलाई पहिला बोल्न नदिएपछि कांग्रेसले रोष्टम  घेर्‍यो । सभामुखले प्रतिपक्ष दलका सांसदलाई  उक्त आग्रह गरिरहँदा नेपाली कांग्रेसका सांसदले संसदीय मर्यादा कायम गरियोस् र  प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्टम अगाडि गएर नाराबाजी गरेका थिए ।
 
सो समय सभामुखले नेकाका सांसदलाई भने,'पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु ।' प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्टममा पुगे पनि सम्बोधन नगरी त्यहीँ उभिरहेका थिए । बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूचीमा उल्लेख थियो ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा  सभामुख महराले प्रधानन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहेकाले उहाँको वक्तव्यपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भने।

बोल्न नपाएपछि प्रम ओली फर्कीए । प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार ११ बजे बस्ने गरी बैठक स्थागित गरिएको घोषणा गरे ।

नेपाली कांग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले  समय उपलब्ध नगएकाले विरोध गर्नुपरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ