arrow

सम्बोधनको क्रममा प्रधानमन्त्रीद्वारा आफैंलाई ब्यङ्ग्य !

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
press-meet-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजमा पछिल्लो समय शिष्टता सभ्यता र मर्यादित व्यवहार हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधि सभामा काँग्रेसको अवरोधका कारण मन्तव्य दिन नपाएका ओलीले प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

उनले नेपाललाई पछिल्लो समय शिष्ट, सभ्य र मर्यादित व्यवहार हराउँदै जाँदा सभ्य समाज निर्माण गर्नै नसकिएको बताएका छन् । प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा अमर्यादित शब्दहरु निम्छरा, पाखण्ड जस्ता शब्दहरु प्रयोग गरेको कारण इतिहासमा नै पहिलोपटक संसदीय रेकर्डबाट प्रधानमन्त्रीको रेकर्ड हटाईएका ओलीले पत्रकार सम्मेलनको क्रममा यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

उनले नेपाली मिडियाहरुले कसैलाई तपाईँ भन्नै नजानेको भन्दै नेपाली भाषामा तपाईं भन्ने शब्दै हराईसकेको बताए । आफ्ना पितालाई नै तिमी भन्ने संस्कृति नेपाली संस्कृति नभएको भन्दै उनले मिडियाहरुले आफ्नै पितालाई पनि तिमी भन्ने गरेकोमा दुख व्यक्त गरेका छन् । 

हरेक भाषाको आ आफ्नै धर्म र प्रक्रिया हुने भन्दै अरु भाषाको सिको गर्दा आफ्नो भाषा विगार्न नहुने समेत उनको राय छ । कुनै भाषामा आदरार्थी नहुने र कसैमा व्याकरणिक रुपमा समेत आ आफ्नै धर्म हुने भन्दै नेपालीमा आदरार्थी, उच्च आदरार्थी समेत रहेकोले यस्ता शब्दहरु प्रयोग गर्नुपर्ने बताए । अहिलेको मूलधारका सञ्चारमाध्यमहरुले समेत सामाजिक सञ्जाललाई गुरु थापेर बोलीचाली सभ्यता संस्कृति विपरितका भाषाहरु बोल्ने गरेको भन्दै हाम्रो समाज हामीले नै बनाउनुपर्नेमा जोड दिएका छन् । 

देउवाप्रति आश्चर्य 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता शेर बहादुर देउवालाई देख्दा आश्चर्य लागेको बताएका छन् । उनले लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सँगै लडेका मित्र शेर बहादुर देउवाले आफू बोल्न नपाएको भनेर असंसदीय व्यवहार गरेको देख्दा आफूलाई आश्चर्य लागेको बताएका हुन् । उनले यद्यपि आफूले संसदमा बोल्न नपाएकोले पत्रकार सम्मेलनमा बोलेको भने नभएको स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री ओलीले काँग्रेस लोकतन्त्रको आवरणभित्र रहेर काँग्रेसले लोकतन्त्र विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले मंगलबार काँग्रेसले संसदमा देखाएको व्यवहारले संसदको मर्यादा घटाएको आरोप लगाए ।

म देशमा नहुँदा तनाब बढाउने काम भयो
प्रधानमन्त्री ओलीले आफू देश बाहिर गएपछि देश भित्र केही तत्वहरुले तनाब बढाउने काम गरेको आरोप पनि लगाए । विसं २०३३ सालमा बनेको ऐनले गुठी संस्थान बनाउँदा पनि धेरै असन्तुष्टिहरु रहेको भन्दै गुठी संस्थानले राम्रोसँग काम गर्न नसकेको गुनासोका कारण नै यसलाई व्यवस्थित गर्न प्राधिकरणको अवधारणा ल्याएको स्पष्ट पारेका छन् । संस्थानलाई नै पुनर्गठन गर्न अदालतले स्वीकृति नदिएकोले प्राधिकरणको मोडल सरकारले अपनाएको उनले बताए । अहिले ल्याउन खोजेको विधेयकले पनि गुठीलाई संरक्षण गर्न नै खोजेको पनि उनले स्पष्ट पारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ