arrow

जागरण अभियानको सन्देश

logo
प्रमोदहरि गुरागाई,
प्रकाशित २०७६ असार ३ मंगलबार
pramodhari.jpg

मञ्जुर छैन
स्वप्निल आँखाहरुलाई
काँडाहरुद्वारा निर्मित पदमार्गहरु ।

फूल फूलाएर
पुतली नचाउने
जाँगरहरुमा जाँगर थप
तसर्थ ,
अनुमती छैन
बाँधहरु निर्माण गर्न
नदी जस्तै वग्ने चेतनाहरुलाई ।

ए , माथि भन्दा माथिका केन्द्रहरु
हेर त , हामी जराहरु तर्फ
चट्टानमा जीवन बाँचीरहेछौं
सहेकाछौं शिशिरका कठाङ्ग्रिने चिसाहरु
भोगेकाछौं
पहिरोले छ्यत्बिछ्यत् घाँऊहरु
तर पनि
चट्टान चिर्दै
मूहान तर्फको यात्रा जारी छ
भरीलो जीवनको
प्रेमील खोजिमा ।

बुझौं ,
सामुहिकताको बिम्ब हो " रुख "
जरा , काण्ड , हाँगा , पात....हरु
छुट्टा छुट्टै होइनन्
हुनै सक्दैनन्
आऊ अंकमाल गरेर
प्रतिबद्धता जाहेर गरौं
ठूलो भूमीका , ठूलै ऐना
सानो भूमीका , सानै ऐना
समुहमै बसेर हेरौं
म मेरो मैलो धुन्छु
तिमी तिम्रो मैलो धोऊ
हिमाल , पहाड , तराई-मधेस
थाली भरि अविर लिएर प्रतिक्षामा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ