arrow

बराबरीमै रोकियो बाजिल 

logo
प्रकाशित २०७६ असार ४ बुधबार
copa1.jpg

काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा घरेलु टोली ब्राजिलले भेनेजुएलासंग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासंग गोलरहित बराबरी खेलेको हो । 

निरश खेलमा ब्राजिलका खेलाडीले गोलका लागि मेहनत नै गरेनन् । 

पहिलो खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको थियो । 

समूह ए को बुधबार बिहान नै भएको अर्को खेलमा पेरुले बोलिभियालाई ३–१ गोल अन्तरले हराएको छ । 

यो खेलपछि ब्राजिल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । पेरुको पनि समान ४ अंक रहेको छ । पहिलो खेलमा पेरुले भेनेजुएलासंग बराबरी खेलेको थियो । 

भेनेजुएला २ खेलबाट २ अंक सहित तेस्रो स्थानमा छ । बोलिभियाले अंक जोडेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ