arrow

रणवीर सबैभन्दा माथि

logo
प्रकाशित २०७६ असार ४ बुधबार
ranveer1.jpg

काठमाडौं । ब्राण्ड भ्यालुको मामिलामा अभिनेता रणवीर सिंह नम्बर एकमा रहेका छन् । सिंहको पछिल्लो तीन फिल्महरुको कमाई ८०० करोड भारतीय रुपैयाँ भन्दा माथि पुगेको छ ।

लगातार तीन सुपरहिट फिल्म दिएर उनि हिन्दी सिनेमाको टपमा पुगेका हुन्  । आफ्नो आगामी चलचित्र '८३'  मा कपिल देवको भुमिका निभाएका रणवीर विज्ञापनको दुनियामा पनि नयाँ रेकर्ड बनाइ रहेका छन् ।  

हाल उनलाई लिएर विज्ञापन बनाउने डिमाण्ड सबैभन्दा ज्यादा रहेको छ । अघिल्लो बर्ष संजय लीला भंसालीको फिल्म 'पद्मावत' को रिलीजपछि रणवीर सिंह लगातार प्रगति गरिरहेका छन् ।  'पद्मावत' पछि 'सिम्बा' र 'गल्ली ब्वाइ' को सफलताले उनको ब्राण्ड भ्यालु बढाएको छ ।

आकडाका अनुसार , यी  तीन फिल्महरुको कारोबार ८०० करोड रुपैयाँ भन्दा ज्यादा भएको छ । सन् २०१८ र २०१९ मा अहिलेसम्म कुनै अर्को कलाकारको फिल्मले यति कमाई गरेका छैन । यस कमाईको बारेमा चर्चा गर्दै रणवीर भन्छन् , ‘मेरो फिल्म सिम्बाको एक संवाद छ कि म पैसाको हैन मायाको भोको हँ । म निजी जिन्दगीमा पनि यस्तै छुँ । मेरी फिल्मको  कमाईको फाइदा पूरै फिल्म इन्डस्ट्रीलाई भइरहेको छ । म आफ्नो निर्माताहरुबाट खुशी छु र धन्यवाद दिन चहान्छु । वहाँहरुले ममाथि यति ठुलो विश्वास गर्नुभयो । ’

हालै रणवीर सिंह भारतीय क्रिकेट टोलीलाई समर्थन गर्न म्यानचेस्टरको ओल्ड ट्रैफर्ड मैदानमा पुगेका थिए । त्यहाँ रणवीरले कमेनट्रि पनि गरेका थिए । उनले सुनील गावस्कर सँग  'बदन पे सितारे लपेटे हुए' गीतमा नाचेका थिए ।

यसबाहेक रणवीर फिल्म '८३' को लागि  कपिल देवसँग ट्रेनिंग लिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ