arrow

'चीन र उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश'

logo
प्रकाशित २०७६ असार ४ बुधबार
kim-xi.jpg

चीन । चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उनले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गरेको बुधबार बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो सम्बन्धले दुई देश र यहाँका नागरिकलाई प्रत्यक्षरुपमा लाभ पुग्नुका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ पुग्ने धारणा राखेका छन् ।

उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सीनमुनमा बुधबार प्रकाशित भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको लेखमा सो कुरा उल्लेख गरिएको चिनियाँ समाचार समिति सीन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सी चिनफिङको उत्तर कोरिया भ्रमणको अघिल्लो दिन प्रकाशित यस लेखमा उनको यो धारणा आएको हो ।  राष्ट्रपति सी चिनफिङले भोलिदेखि अर्थात बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्न लागेको समाचारमा जनाइएको छ । उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ वर्षपछिको पहिलो हुने पनि यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइँदैछ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्न लागेको समाचार यस अघि नै आएको थियो ।

सो लेखमा राष्ट्रपति चिनफिङले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको, यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने धारणा राखेका छन् ।  उत्तर कोरियाली र चिनियाँ सञ्चारमाध्यमले चिनियाँ राष्ट्रपति चिनफिङको यो राजकीय भ्रमणको समाचारको निकै प्रचारप्रसार गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ