arrow

वैज्ञानिकले खिचे ग्यालेक्सी जोडिएको १३ अर्ब वर्ष पुरानो तस्वीर

logo
एजेन्सी,
प्रकाशित २०७६ असार ४ बुधबार
galaxies-collide.jpg

काठमाडौं। वैज्ञानिकले दुई ग्यालेक्सी जोडिएको दुर्लभ तस्वीर खिचेका छन्। जापानका वैज्ञानिकले दुई ग्यालेक्सी जोडिएको तस्वीर खिचेका हुन्। अहिलेसम्म दुई ग्यालेक्सी जोडिएर एउटै बनेको तस्वीर लिन सकिएको थिएन। 

जापानी वैज्ञानिकले फरक किसिमको प्रकाशको स्रोत खोजी गरेका हुन्। यसलाई बी१४–६५६६६ नाम दिइएको छ। यसलाई चिलीबाट एक टेलिस्कोपको प्रयोग गरी नियालिएको हो। अक्सिजन र कार्बनको आयोन प्रयोग गरी लिइएको उच्च रेजुलेसनको तस्वीरले अबको केही समयमा नै दुई ग्यालेक्सी जोडिएर नयाँ तारापुञ्ज बन्नसक्ने देखाएको छ। 

प्रकाशको अत्यधिक गतिको कारण निकै टाढाको सूचना पनि केही सहज हिसाबले पाइएको हो। वैज्ञानिकहरुले यसको माध्यमबाट ब्रह्माण्डको इतिहासको थप केही विषय पनि थाहा हुनसक्ने बताइएको छ। यसबाट निकै टाढा रहेका वस्तुबारे थप जानकारी पाउनसक्ने बताइएको छ।

वैज्ञानिकका अनुसार उनीहरु बी१४–६५६६६ सँग परिचित थिए। यो वस्तु १३ अर्ब वर्ष पहिलाको हो। उक्त ग्यालेक्सीबाट आएको प्रकाश पृथ्वीमा आउन १३ अर्ब वर्ष लागेको हो। 

हबल स्पेस टेलिस्कोपमा यसको दुई भाग देखिएको थियो। यी दुईबीचको दूरी ६५ सय देखि १३ हजार प्रकाशवर्ष टाढा छन्। हाम्रो सौर्यमण्डल रहेको मिल्की वे ग्यालेक्सीको व्यास १ लाख प्रकाशवर्ष छ। यसबाट पनि उक्त दुई ग्यालेक्सीबीचको दूरीको तुलना गर्न सकिन्छ। जापान सोसाइटी फर प्रोमोशन अफ साइन्स एण्ड वासेडा युनिभर्सिटीका वैज्ञानिकले उक्त वस्तुको नजिकैको तस्वीर सन् २०१६, २०१७ र २०१८ मा तस्वीर लिइएको थियो।

विशेषरुपमा केही कार्बन र अक्सिजन आयोनको साथै धुलोको विकिरणको सहयोगमा उनीहरुले यो अध्ययन गरेका हुन्। उनीहरुले उक्त वस्तुको तौल सूर्यको तौलको तुलनामा ७७ करोड गुणा बढी छ। उनीहरुले यसको तौल करीब २ सय तारमण्डलको संयोजनमा यसको निर्माण भएको बताएका छन्। 

यसको निर्माण दुई साना ग्यालेक्सीको संयोजनबाट भएको हुनसक्ने बताइएको छ। यो दुई ग्यालेक्सीको संयोजनको पहिलो उदाहरण भने होइन। यसअघि पनि दुई ग्यालेक्सी जोडिएको थुप्रै प्रमाण भेटिएका छन्। शोधकर्ताका अनुसार यसअघिको समयमा बह्माण्ड निकै अस्थिर थियो। यहाँ धेरै विष्फोट हुने गरेका थिए। खासै केही कुरा नियमित संरचनामा हुने गरेका थिएनन्। वैज्ञानिकका अनुसार यस किसिमको संयोजन ग्यालेक्सी निर्माणमा महत्वपूर्ण हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ