arrow

नेपालमा जस्तै केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न मोदीको प्रस्ताव, १४ दलद्वारा बहिस्कार

logo
प्रकाशित २०७६ असार ४ बुधबार
modi-oath.png

नयाँ दिल्ली । भारतमा पनि नेपालमा जस्तै संघ र प्रदेशको चुनाव एकैपटक गर्नको लागि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका छन् । दोहोरो चुनावका कारण राज्यलाई अनावश्यक आर्थिक भार भएको र शासकीय पद्धतीको तालमेल नमिलेका कारण मोदीले त्यस्तो चुनावको लागि छलफल गर्न सर्वदलीय बैठक डाकेका हुन् ।

देशमा एक साथ विधानसभा र लोकसभाको चुनाव गराउनको लागि मोदी सरकारले गरेको यो दोस्रो बैठक हो । सन् २०१४ मा पहिलो पटक लोकसभामा निर्वाचन हुँदा पनि उनले यो प्रस्ताव गरेका थिए । त्यतिबेला पनि असफल भएपछि प्रधानमन्त्री मोदीले फेरि अर्काे प्रयास गरेका हुन् । दोस्रो पटक उनले यो विषयमा सबैको मत बुझ्न र उनीहरुलाई सन्तुष्ट गराउनको लागि सबै विपक्षी दलका नेताहरुलाई निम्ता दिएका थिए । 

यसरी मोदीले बोलाएको बैठकलाई काँग्रेस सहित कैयौं पार्टीहरुले बहिस्कार गरेका छन् । यसरी बहिस्कार गर्ने दलहरुमा तृणमूल काँग्रेस, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टी, आम आदमी पार्टी लगायत १४ दलले सर्वदलीय बैठक बहिस्कार गरेका छन् । बैठकमा चन्द्रबाबु नायडू, चन्द्रशेखर राव लगायत नेताहरुको समय अनुपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ