arrow

क्यान्सरबाट छटपट्एकी आङदेम्वेलाई सहयोग रकम प्रदान, सवैलाई सहयोग गर्न अपिल

logo
प्रकाशित २०७६ असार ४ बुधबार
pidit1.jpg

पाँचथर । स्तन क्यान्सरबाट थलिएर उपचार गराइरहेकी आर्थिक स्थिति कमजोर भएकी पाँचथर फाल्गुनन्द २ की उर्मिला तुम्बापो आङदेम्बेलाई सहयोग रकम जुटेको छ ।

 इलामको जितपुर घर भएकी सिता अधिकारीले आमाको असार ८ गते आमाको जन्मत्सोवको अवसरमा ५ हजार रुपैयाँ र तेह्रथुमका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद हुँमागाई बाट ६ हजार ५ सय रुपैयाँ गरी ११ हजार ५ सय रुपैयाँ रकम जुटेको हो ।

उक्त संकलित रकम आज फिदिमको बिग सोसियल कम्यूनिकेशन प्रा.लि.को कार्यालयमा आयोजित एक कार्यक्रमका वीच फिदिम नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लिलाराज तुम्वापो र नेकपा फिदिम नगर अध्यक्ष विरेन्द्र प्रतिक तुम्वापो लाई जनसेवा समाज मार्फत हस्तान्तरण गरिएको हो ।

जनसेवा समाज फिदिम पाँचथरको पहलमा उक्त रकम संकलन भएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । फिदिम नगरपालिका ५ माइतीघर भएकी आङदेम्बेको चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएकोले सहयोग गरिदिनु सम्पूर्ण महानुभावलाई उनका दाई गोपाल तुम्वापोले आग्रह गरे। तुम्वापोको श्रीमान् रनविर पनि हाइड्रोलको उपचार गरेर थलिएका छन् । उनका दुई छोरा नावालक छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ